मंगलबार, चैत १०, २०८२

ईपीएस परीक्षा फारम दुई महिना ढिलो खुल्ने, रोस्टरमा रहेकाहरूको स्वास्थ्य परीक्षण हुँदै

कोरियन भाषा परीक्षा (ईपीएस) २०२१ को आवेदन फारम साविकभन्दा दुई महिना पछाडि खुल्ने भएको छ। 
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

काठमाडौं– कोरियन भाषा परीक्षा (ईपीएस) २०२१ को आवेदन फारम साविकभन्दा दुई महिना पछाडि खुल्ने भएको छ। 

National life

सामान्यतया जुन/जुलाई महिनामा खुल्नुपर्ने फारम यो वर्ष कोभिड – १९ का कारण ढिलो खुल्ने वैदैशिक रोजगार विभागको ईपीएस शाखाले जनाएको छ। 

रोस्टर (परीक्षा उत्तीर्ण भएर छनोट नभएका) मा रहेका परीक्षार्थीलाई शाखाले मेडिकल परीक्षण गर्न भने आह्वान गरेको छ। परीक्षा उत्तीर्ण भएकाको छनोट अवधि दुई वर्षको हुन्छ। 

‘२०१९ मा परीक्षा उत्तीर्ण गरेर बसेका र मेडिकलको अवधि सकिएकालाई हामीले पुनः मेडिकल गर्न आह्वान गरेको शाखाका निर्देशक इन्द्र गौतमले जानकारी दिए। उनले भने, ‘प्रक्रिया पूरा गरेर छनोटमा परेकाहरूको भिसा प्रक्रिया पनि अघि बढ्छ।’ 

उनका अनुसार छनोटमा परेकाहरुलाई तत्काल पठाउने विषयमा मन्त्रालयमा छलफल भएको छ। कोरियामा गई काम गर्न इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुल्ने र रोस्टर अवधि क्रस भएकाले परीक्षार्थीले पुनः परीक्षा दिनुपर्ने हुन्छ।

Laxmi sunrise bank
kumari

२०२० मा हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण स्थगित गरिएको थियो।

२०१९ मा परीक्षा उत्तीर्ण भएर रोस्टरमा रहेका र छनोट प्रक्रियामा सामेल हुन पाउने परीक्षार्थीको संख्या ५ हजार ६७३ छ। 

२०१९ मा लिएको भाषा परीक्षामा करिब ९२ हजार सहभागी भएकामा ६ हजार ७०० जना उत्तीर्ण भएका थिए। 

उत्तीर्ण भएकामध्ये  एक हजार २७ जना रोजगारदाताको छनोटमा परेर कोरिया गइसेकेका छन्।

२०१७ र १८ मा परीक्षा उत्तीर्ण भएका तर छनोट नभएका परीक्षार्थीको भने रोस्टर अवधि सकिने भएकाले छनोट प्रक्रियामा सामेल हुन पाउने या नपाउने भन्ने विषयमा छलफल भए पनि निर्णय भने भएको छैन। 

शाखाले २०१७ कोले नपाए पनि २०१८ का परीक्षार्थीको हकमा भने पुनर्विचार गर्नुपर्ने जनाएको छ।

ईपीएस परीक्षामा १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नागरिकले आवेदन दिन सक्नेछन्। 

आवेदन दिनेहरु फौजदारी अभियोगमा नपरेको, गैरकानूनी रुपमा कोरिया बसी फिर्ता पठाएको हुन नहुने, सरकारले अन्य मुलुकमा जान रोक नलगाएको हुनुपर्छ।

तर, कोरियाले कोरोना संक्रमणको अति संवेदनशील मुलुकको सूचीबाट नेपाललाई हटाइनसेकेका कारण यो प्रक्रियामा ढिलाई भएको र यसलाई हटाउन सरकारले पहल थालेको पनि शाखाले जनाएको छ। 

कोरियाले सन् २०२० का लागि सबैभन्दा धेरै कोटा छुट्याएर १२ हजार ९ जना नेपाली कामदार लिने घोषणा गरेको थियो।

प्रकाशित: Mar 12, 2021| 09:54 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्