मंगलबार, चैत १०, २०८२

केशरमहलको विकल्प खोज्दै शिक्षा मन्त्रालय

केशरमहलमा अहिले छात्रवृत्ति शाखा, वैदेशिक अध्ययन अनुमति शाखा र शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका कार्यालय छन्। 
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

काठमाडौं– शिक्षा मन्त्रालयले विद्यार्थीसँग प्रत्यक्ष सरोकार राख्ने केशरमहलमा रहेका तीनवटा शाखा अन्यत्र सार्ने भएको छ। भूकम्पले जीर्ण केशरमहलस्थित भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मर्मत गर्ने भएपछि शाखा अन्यत्र सार्न लागिएको हो। 

National life

केशरमहलमा अहिले छात्रवृत्ति शाखा, वैदेशिक अध्ययन अनुमति शाखा र शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका कार्यालय छन्। 

जीर्ण भवनबाट सेवा प्रवाह गर्न असहज भएको र पुनर्निर्माणका क्रममा अगाडिको सानो भवन (सेवा प्रदान गर्दै आएको) वरपर पनि निर्माण सामग्री थुपारिएकाले आजतजावतमै समस्या उत्पन्न भएको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका प्रमुख फटिकबहादुर केसीले बताए। 

उनले भने, ‘कहाँ सार्ने भन्ने विषय प्रमुख हो। विद्यार्थीको सहजता हेर्ने हो भने यतै कतै ठाउँ खोज्नुपर्छ।’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघि नै यी शाखा सार्ने निर्णय गरेको थियो। 

‘उपयुक्त ठाउँ भेटिएन भने भक्तपुर सानोठिमीमा नै सार्नुपर्छ,’ मन्त्रालयका सहसचिव इमनारायण श्रेष्ठले भने। 

Laxmi sunrise bank
kumari

भक्तपुर सार्दा विद्यार्थीले सास्ती भोग्नुपर्ने एनओसी शाखाका प्रमुख नारायण पोख्रेल बताउँछन्। अहिलेको कार्यालयबाट राहदानी विभाग, अध्यागमन विभाग र विदेशी कूटनीतिक नियोगमा जान विद्यार्थीलाई सहज हुन्छ।

उनले भने, ‘अहिले त यी शाखाबाटै सेवा प्रवाह गर्न कठिन भएको छ। कर्मचारी बस्ने पनि ठाउँ अपुग छ। उपयुक्त ठाउँमा सार्नुपर्छ।’ केशरमहलको पूर्वमा राहदानी विभाग छ भने हिँडेरै पुगिने ठाउँमा अध्यागमन विभाग छ। विभिन्न मुलुकका दूतावास पनि नजिकै छन्। 

उनले भने, ‘भक्तपुर लगियो भने राहदानी लिने निकाय एक ठाउँमा, विदेशी दूतावास अर्काे ठाँउमा र नो अब्जेक्सन लेटर लिने निकाय निकै टाढा हुन्छन्।’ 
सरकारका सबै मन्त्रालय सिंहदरबारभित्र राख्ने क्रममा केशरमहलमा भएको शिक्षा मन्त्रालयलाई पनि सिंहदरबारमा सारिएको थियो। 

मन्त्रालय सरे पनि विद्यार्थीलाई सहज पहुँचका लागि भन्दै तीन शाखालाई भने केशरमहलमै राखिएको थियो। २०७२ सालको भूकम्पबाट केशरमहलमा क्षति पुगेपछि केशर पुस्तकालयलाई बाहिर टहरा बनाएर राखिएको थियो। भवन पुनर्निर्माण हुने भएपछि ठाउँ खाली गर्ने र निर्माण सामग्री थुपार्ने काम सुरु गरिएको छ। 

पुनर्निर्माण प्राधिकरणले गत साउन २७ गते शिक्षा मन्त्रालयलाई केशरमहल परिसरमा रहेका सबै निकायलाई यथाशीघ्र हटाई प्रबलीकरण कार्य छिटोछरितो अगाडि बढाउन पत्र लेखेको थियो।

शिक्षा मन्त्रालयले भने मूल भवन निर्माण भएपछि ती कार्यालयलाई भित्र सारेर मात्र बाहिरको भवन बनाउने जनाउ दिएको थियो। पुनर्निर्माण अघि बढाउन भन्दै कार्यालयलाई तत्काल सार्न प्राधिकरणले ताकेता गरिरहेको छ। 

शिक्षा मन्त्रालयले सार्ने उपयुक्त ठाउँ नभेटिएको पत्र प्राधिकरणलाई बुझाएको थियो। तर प्राधिकरणको ताकेतापछि मन्त्रालयले वैकल्पिक स्थानको खोजी गरेको हो। 

यसैबीच केशरमहलसँगै जोडिएको स्वप्न बगैंचा विकास समितिले केशरमहलसहितको क्षेत्रलाई नयाँ स्वरुपमा विकास गर्ने भन्दै अध्ययन गरेर प्रतिवेदन तयार पारेको छ। प्रतिवेदनमा अहिले कार्यालय रहेको ठाउँलाई पनि उपयोग गर्नुपर्ने उल्लेख छ। 
 

प्रकाशित: Mar 09, 2021| 01:58 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्