मंगलबार, साउन १९, २०८३

पोखरा विश्वविद्यालयको छात्रवृत्ति परीक्षा चैत ६ र ७ गते, अनलाइन फाराम भर्न मिल्ने आज अन्तिम दिन

पोखरा विश्वविद्यालयले छात्रवृत्ति कोटामा आवेदन दिने विद्यार्थीलाई अनलाइनबाट फारम भर्न सूचित गरेको छ। 
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

काठमाडौं - पोखरा विश्वविद्यालयले छात्रवृत्ति कोटामा आवेदन दिने विद्यार्थीलाई अनलाइनबाट फाराम भर्न सूचित गरेको छ। 

प्राविधिक कारणले विद्यार्थीले अनलाइन फारम भर्न नमिल्ने भएकोमा विश्वविद्यालयले उक्त समस्या समाधान गरी अनलाइनबाट फाराम भर्न मिल्ने बनाएको हो। 

विश्वविद्यालयले ६० प्रतिशत खुला र ४० प्रतिशत सीमान्तकृत वर्गलाई छात्रवृत्ति उपलब्ध गराउने गरेको छ।

छात्रवृत्ति कोटामा अध्ययन गर्ने विद्यार्थीले सरकारी र सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था छ।

विश्वविद्यालयले प्रदान गर्ने छात्रवृत्ति कोटाको परीक्षा चैत ६ र ७ गते सञ्चालन हुने भएको छ।

प्रकाशित: Mar 12, 2021| 06:58 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्