मंगलबार, साउन १९, २०८३

एसईईको परीक्षा केन्द्र र प्रयोगात्मक प्राप्तांक चैत दश गतेभित्र पठाउन पनिकाको निर्देशन

माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा केन्द्र तथा प्रयोगात्मक प्राप्ताङ्क एसईईको वेबसाइटमा राखिएको एक्सल फर्म्याटअनुसार भरेर पठाउन शिक्षा विकास तथा समन्वय इकाइलाई राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले निर्देशन दिएको छ ।
 |  बिहीबार, फागुन २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २७, २०७७

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा केन्द्र तथा प्रयोगात्मक प्राप्ताङ्क एसईईको वेबसाइटमा राखिएको एक्सल फर्म्याटअनुसार भरेर पठाउन शिक्षा विकास तथा समन्वय इकाइलाई राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले निर्देशन दिएको छ ।

कार्यालयले परीक्षा केन्द्र र सो केन्द्र अन्तर्गत पर्ने समूह विद्यालयको नाम अघिल्लो वर्षको भन्दा सम्भव भएसम्म नबढ्ने गरी चैत दश गतेभित्र पठाउन निर्देशन दिएको हो।

परीक्षा केन्द्र बढाउनुपर्ने अवस्था भएमा प्रदेश शिक्षा विकास निर्देशनालयसँग समन्वय गर्न कार्यालयले निर्देशन दिएको उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए। कार्यालयले प्राविधिक धार र ग्रेड वृद्धितर्फका परीक्षार्थीको परीक्षा केन्द्र जिल्ला सदरमुकाम वा पायक पर्ने स्थानमा कायम गर्न निर्देशन दिएको छ।

प्रयोगात्मक प्राप्ताङ्क एक्सल सिटको फर्म्याटमा विद्यालयलाई इन्ट्री गर्न लगाई सफ्ट कपी र हार्ड कपी एक एक प्रति विद्यालयमा राखी एक प्रति परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पठाउन निर्देशन दिइएको छ।
 

प्रकाशित: Mar 11, 2021| 06:11 बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्