मंगलबार, चैत १०, २०८२

सहिद तथा द्वन्द्वपीडितका छोराछोरीलाई प्रदान गरिने छात्रवृत्तिको आवेदन फाराम खुला

विश्वविद्यालय अनुदान आयोगले सहिद तथा द्वन्द्वपीडितका छोराछोरीलाई उच्च शिक्षा अध्ययन गर्न प्रदान गरिने छात्रवृत्तिको आवेदन फाराम खुला गरेको छ। 
 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

काठमाडौं - विश्वविद्यालय अनुदान आयोगले सहिद तथा द्वन्द्वपीडितका छोराछोरीलाई उच्च शिक्षा अध्ययन गर्न प्रदान गरिने छात्रवृत्तिको आवेदन फाराम खुला गरेको छ। 

National life

आयोगले जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा भएका सहिदका छोराछोरी, सशस्त्र द्वन्द्वका समयमा मृत्यु भएका व्यक्तिका आश्रित छोराछोरी र द्वन्द्वकै कारण अपाङ्गता वा अंगभंग भई शारीरिकरूपले कुनै कामकाज गर्न नसक्ने अशक्त र द्वन्द्वरत पक्षले नियन्त्रणमा लिई हालसम्म पत्ता नलागेका (बेपत्ता) व्यक्तिका छोराछोरीलाई छात्रवृत्ति दिने निर्णय गरेको हो।

आर्थिक वर्ष २०७७/७८ मा बजेट व्यवस्था भएअनुसार छात्रवृत्ति दिने निर्णय गरिएको आयोगले जनाएको छ। 

सहिद तथा द्वन्द्वपीडित परिवारका छोराछोरीहरूलाई उच्च शिक्षा अध्ययन गर्न प्रदान गरिने छात्रवृत्तिसम्बन्धी निर्देशिका २०७० बमोजिम न्यूनतम योग्यताका आधारहरू पूरा गर्ने स्नातक तहमा प्रथम वर्ष सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिको आवेदन फाराम भर्न सूचित गरिएको छ। 

विद्यार्थीले आयोगको वेबसाइटमा राखिएको फाराम भरेर आवश्यक कागजातसहित अध्ययनरत क्याम्पस विभागमा पेस गर्नुपर्ने आयोगले जनाएको छ।

Laxmi sunrise bank
kumari

क्याम्पस वा विभागले उक्त फाराम रुजु गरी आवश्यक कागजातसहित आयोगमा २०७८ वैशाख ३ गतेभित्र फाराम पठाउनु पर्ने छ। 

विद्यार्थी छात्रवृत्ति आवेदन दिन नेपाली नागरिकताको प्रतिलिपि, सहिद परिवारका लागि नेपाल सरकारले सहिद भनी घोषणा गरेको प्रमाणपत्र, सरकारबाट प्राप्त गरेको राहतको प्रमाणपत्र, कक्षा १२ उत्तीर्ण गरेको प्रमाणपत्रलगायतका कागजात संलग्न गर्नुपर्ने आयोगले जनाएको छ।

प्रकाशित: Mar 17, 2021| 07:36 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्