मंगलबार, चैत १०, २०८२

औषधि बेच्नेलाई नाम र पदसहितको सेतो एप्रोन अनिवार्य

औषधि पसलमा औषधि बेच्ने व्यक्तिले अब अनिवार्य रूपमा नाम र पदसहितको सेतो एप्रोन लगाउनुपर्ने भएको छ। 
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

काठमाडौं - औषधि पसलमा औषधि बेच्ने व्यक्तिले अब अनिवार्य रूपमा नाम र पदसहितको सेतो एप्रोन लगाउनुपर्ने भएको छ। 

National life

नेपाल फार्मेसी परिषद्का अनुसार सामुदायिक फार्मेसी तथा अस्पतालका फार्मेसीमा कार्यरत फर्मासिष्ट र फार्मेसी सहायकले नामसहितको सेतो एप्रोन अनिवार्य लगाउनुपर्ने भएको हो। 

परिषद्ले सूचना प्रकाशित गर्दै एप्रोन लगाएर मात्र काम गर्न निर्देशन दिएको छ।  

प्रकाशित सूचनामा भनिएको छ, ‘सामुदायिक फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि वितरणमा कार्यरत रहेका फर्मासिस्ट र फार्मेसी सहायकले औषधि वितरण गर्दा नाम ट्यागसहितको सेतो एप्रोन लगाई मात्र वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गर्ने भएको हुँदा सोहीअनुसार गर्न/गराउन अनुरोध छ।’ 

फर्मासिस्टले सेतो एप्रोनको हरियो ब्याकग्राउन्ड र सहायकले नीलो ब्याकग्राउन्डमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अंकित भएको एप्रोन प्रयोग गर्नुपर्ने जनाइएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 10, 2021| 05:25 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्