सोमबार, जेठ ४, २०८३

परामर्श व्यवसाय नवीकरण गर्न शिक्षामन्त्री सकारात्मक 

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ शैक्षिक परामर्श व्यवसाय नवीकरण गर्न सकारात्मक देखिएका छन्। 
 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

काठमाडौं – शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ शैक्षिक परामर्श व्यवसाय नवीकरण गर्न सकारात्मक देखिएका छन्। 

National life

२०७५ सालअघि दर्ता भएर सेवा सञ्चालन अनुमति पाएका तर परामर्श शाखामा दर्ता नभएका व्यवसायीको नवीकरण रोकिएको छ। 

स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठलाई बुधबार भेटेर आफ्ना समस्या सुनाएपछि मन्त्री सकारात्मक देखिएको फेकनका अध्यक्ष बासु नेपालले जानकारी दिए।

व्यवसायीले रोकिएको नवीकरण खुलाउन, नयाँ संस्था दर्ता प्रक्रिया अघि बढाउन, परामर्श व्यवसायमा विदेशी लगानी (एफडीआई) लाई बन्द गर्न पहल गर्न शिक्षामन्त्री श्रेष्ठसँग आग्रह गरेका थिए।

नेपालले भने, ‘संस्था नवीकरण खुलाउने विषयमा मन्त्री सकारात्मक हुनुहुन्छ।’

शिक्षा मन्त्रालय समन्वय समितिमा परामर्श व्यवसायीका तर्फबाट फेकनका दुईजना पदाधिकारी छन्।

मन्त्री श्रेष्ठले फेकनका नवनिर्वाचित पदाधिकारीलाई बधाई पनि दिएका छन्। 

प्रकाशित: Mar 17, 2021| 11:09 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्