सोमबार, जेठ ४, २०८३

चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षाको फाराम खुल्यो (सूचनासहित)

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रममा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम खुला गरेको छ।
 |  मंगलबार, चैत ३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०७७

काठमाडौं – चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रममा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम खुला गरेको छ।

National life

नेपालका सबै विश्वविद्यालय, प्रतिष्ठान र अन्तर्गतका शिक्षण संस्थामा अध्ययन गर्न चाहनेका लागि २०७७/७८ सालको प्रवेश परीक्षाको आवेदन फाराम खुला गरिएको आयोगले जनाएको छ। 

विद्यार्थीले चैत ९ गतेदेखि वैशाख १२ गतेसम्म आयोगको वेबसाइटबाट अनलाइन फाराम भर्न सक्नेछन्।  

एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बीएएमएस, बीएनएस, बीएससी एमएलटी, बी फर्मा, बीअपटीमेट्री, बीपीटी, बीपीएच लगायतका विषयमा पहिलोपटक प्रवेश परीक्षा हुन लागेको हो। यसअघि सबै विश्वविद्यालयले फरकफरक प्रवेश परीक्षा सञ्चालन गर्दै आएका थिए। 

कुल दुई सय पूर्णाङ्कको परीक्षामा विद्यार्थीले उत्तीर्ण हुन ५० प्रतिशत अंक ल्याउनुपर्नेछ। नेपाली विश्वविद्यालयमा अध्ययन गर्न चाहने विदेशी विद्यार्थीले पनि यही अवधिभित्र फाराम भरिसक्नुपर्नेछ। 

नेपाली विद्यार्थीले पनि प्रवेश परीक्षाको फाराम भर्न कक्षा १२ मा २.४ जीपीए वा ५० प्रतिशत अंक ल्याएको हुनुपर्नेछ। 

प्रकाशित: Mar 16, 2021| 10:38 मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्