सरकारले हवाई पूर्वाधार विकासको लागि १२ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ। आर्थिक वर्ष २०७९/८० को बजेट संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्।
विभिन्न सहरी क्षेत्रका ढल निकासको उचित प्रबन्ध गर्न २ अर्ब ४४ करोड बजेट विनियोजन गरिएको छ। सहरी खानेपानी तथा सरसफाई आयोजनाको लागि ४ अर्ब ४४ करोड विनियोजन गरिएको छ।
अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दै उनले श्रमजीवी पत्रकाहरुको हकमा हुँदै आएका सबै कार्यक्रमलाई निरन्तरता दिँदै अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन दिने व्यवस्था गरेको जानकारी दिए।
उत्पादन तथा उद्योग सञ्चालन गर्न चाहिने कच्चा पदार्थ तथा पाटपूर्जा आयातमा ५० प्रतिशत अन्तशुल्क र भन्सार महसुलमा समेत २५ प्रतिशत छुट दिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्। अन्तशुल्क छुट उद्योग...
यसपटक आर्थिक वर्ष २०७९/०८० को बजेटमा भने भत्ता नबढाई दुई वर्ष उमेर घटाएर भत्ता उपलब्ध गराउने घोषणा गरिएको छ। अब भने ६८ वर्षमै वृद्धभत्ता प्राप्त गर्न सकिने छ।
विदेशी नागरिकलाई श्रममा कर लगाइने बजेटमा उल्लेख गरिएको छ। चार पांग्रे सवारी साधान खरिद गर्दा अनिवार्य रुपमा प्यानको व्यवस्था गरिएको छ। प्राकृतिक व्यक्तिका हकमा ५ लाख र दम्पतिका लागि ६...
अर्थमन्त्री जनार्दन शर्मा संसदमा प्रस्तुत गरेको बजेटमा खेलकुद पूर्वाधार विकास लागि ८७ करोड विनियोजन गरिएको छ। यसमा मूलपानी, कीर्तिपुर, कोहलपुर र फाप्लाको क्रिकेट मैदानमा ठाउँ पाएका छन्।
बजेटले बैंक तथा वित्तीय संस्थाहरुको सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नुपर्ने रकमको ५० प्रतिशत रकम सो कोषमा अनिवार्य रुपमा राख्नुपर्ने व्यवस्था गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले आज संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि १० अर्ब बजेट विनियोजन गरिएको जानकारी दिए। सरकारले यसपटक स्वास्थ्य क्षेत्रमा रु...
सरकारले शिक्षा तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको छ। आइतबार अर्थमन्त्री जनार्दन शर्माले संघिय संसदमा आगामी वर्षका लागि बजेट प्रस्तुत गर्दै यस्तो उल्लेख गरेका हुन्।