आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कलंकी-कोटेश्वर 'ग्रिन बेल्ट' उद्धाटन, ५ वर्षसम्म एनसेलको सहयोग

कलंकी-कोटेश्वर 'ग्रिन बेल्ट' उद्धाटन, ५ वर्षसम्म एनसेलको सहयोग

कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तरगत कलंकी–कोटेश्वर चक्रपथ खण्डको १०.२ किलोमिटर सडक किनारलाई हरियाली बनाएको हो।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

काठमाडौं- दूरसञ्चार सेवाप्रदायक निजी कम्पनी एनसेलले कंलकी–कोटेश्वर सडकखण्डलाई हरियाली बनाएको छ। कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तरगत कलंकी–कोटेश्वर चक्रपथ खण्डको १०.२ किलोमिटर सडक किनारलाई हरियाली बनाएको हो।  

National life

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र के.सी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले संयुक्त रुपमा मंगलबार उक्त 'ग्रीन बेल्ट' उद्घाटन गरेका छन्। कम्पनीले वन तथा भू–संरक्षण विभाग र ललितपुर महानगरपालिकासँगको सहकार्यमा सडक किनारा क्षेत्रलाई हरियाली बनाएको हो। कम्पनीले ५ वर्षसम्मका लागि यस क्षेत्रमा रहेका रुखबिरुवाको हेरचाह गर्ने र सडकको छेउछाउमा दुवो लगाउने काम गर्ने छ।

काठमाडौं उपत्यकाको सडकलाई हरियाली र वातावरणमैत्री बनाउने लक्ष्यसहित कम्पनीले विगत १ वर्षदेखि यस क्षेत्रमा काम गरिरहेको छ। सडकको दायाँबायाँमा रहेको जमिनमा दुवो लगाउने र विभिन्न प्रकारका फुल तथा बिरुवा लगाउँदै आइरहेको छ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्डी चोङले कम्पनीको व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तरगत रहेर चक्रपथको कलंकी–कोटेश्वर खण्ड हरियाली बनाउने जिम्मा लिइएको बताए। उनले सुन्दर र हरियाली उपत्यका बनाउने अभियानको एउटा सानोरूप भएको समेत बताए। यस्तै, उनले नेपाल सरकारसँग मिलेर यसप्रकारको काम गर्न पाएकोमा खुसी व्यक्त गरे।

यसैगरी, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले चक्रपथको उक्त खण्ड हरियाली बनाइदिएकामा कम्पनीलाई धन्यवाद व्यक्त गरे। कलंकीदेखि कोटेश्वरसम्मको सडक खण्ड हरियाली बन्दा वातावरणमा समेत अनुकुल असर पर्ने र यस अभियानले स्मार्ट सिटीको परिकल्पनालाई समेत साकार पार्ने उनको भनाइ छ।

Shivam cement

प्रकाशित: Jul 05, 2022| 21:54 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्