मंगलबार, वैशाख ३०, २०८२

आइएमई पेको 'तिमीलाई पनि, मलाई पनि' अफर

 |  बिहीबार, चैत ३०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३०, २०७९

vianetvianet
triton college
National life insurance

काठमाडौं- आइएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले वालेट-टु-वालेट ट्रान्सफरलाई प्राथमिकता दिँदै 'तिमीलाई पनि, मलाई पनि' नामक अफर सार्वजनिक गरेको छ। 

यही चैत २९ देखि आउँदो भदौ २६ गतेसम्म चल्ने यो अफरमा ग्राहकले आईएमई पेमा वालेट-टु-वालेट ट्रान्सफर अर्थात् आईएमई पे वालेटबाट आईएमई पे वालेटमै पैसा पठाउने वा पाउने सेवा प्रयोग गरी स्मार्टवाच -हेयलोउ आर.टि एल.एस.०५५ जित्ने मौका पाउनेछन्। पाँच महिनासम्म चल्ने अफरमा प्रत्येक महिनाको अन्त्यमा दुई जना भाग्यशाली विजेता छनोट गरिनेछ। यस अफरअन्तर्गत पैसा पठाउने ग्राहबाट एक जना तथा पैसा पाउने ग्राहकबाट एक जना विजेता गोलाप्रथाबाट छानिने छ। 

यस अफर अवधिभर वालेट-टु-वालेट ट्रान्सफर गर्ने सबै ग्राहकले यो पुरस्कार जित्न सक्नेछन्। ग्राहकमा वालेट-टु-वालेट ट्रान्सफर (पि.टु.पि) सेवाको सहजता र महत्त्वको जानकारी प्रदान गर्नुका साथै विद्युतीय भुक्त्तानी माध्यममार्फत कारोबार गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ यो अफर सार्वजनिक गरिएको हो।
 

प्रकाशित: Apr 13, 2023| 21:40 बिहीबार, चैत ३०, २०७९
प्रतिक्रिया दिनुहोस्