शनिबार, साउन १२, २०८१

एनटर्क १२५ रेस एडिसन अब नयाँ रंग विकल्पमा

 |  बिहीबार, चैत ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३०, २०७९

काठमाडौं- टिभिएस मोटर्सले नेपाली बजारको लागि एनटर्क १२५ रेस एडिसन नयाँ रंगमा सार्वजनिक गरेको छ। नेपालको लागि टिभिएसको आधिकारिक वितरण जगदम्बा मोटर्सले टिभिएस एनटर्क १२५ रेस एडिसन मरिन ब्लु (निलो) रंगमा सार्वजनिक गरेको हो। 

triton college

यसभन्दा अघिसम्म एनटर्क रेस १२५ रातो र पहेँलो गरी दुई रंग विकल्पमा मात्रै उपलब्ध थिए। विशेष युवा पुस्तामाझ एनटर्क १२५ को रेस एडिसन प्रख्यात छ। कम्पनीले सार्वजनिक गरेको नयाँ रंगको एनटर्क १२५ रेस एडिसनको मूल्य दुई लाख ९९ हजार नौ सय रुपैयाँ तोकिएको छ। रातो र पहेँलो रंगको एनटर्क १२५ रेस एडिसनको बजार मूल्य भने दुई लाख ७९ हजार नौ सय रुपैयाँ छ। 

स्कुटरमा पुरै एलइडी लाइट पाउन सकिन्छ। यसमा डिजिटल स्पिडोमिटर र ट्रिपमिटर छ। यो कुटर स्मार्ट एक्सकनेक्ट कनेक्टिभिटी प्ल्याटफर्म मार्फत सञ्चालित छ। यसकारण स्कुटरलाई टिभिएस कनेक्ट मोबाइल एपमार्फत सजिलै कनेक्ट गर्न सकिन्छ। जसमा ६० भन्दा बढी सुविधाहरू पाउन सकिन्छ।

यसमा १२४.८ सिसी, सिंगल सिलिन्डर, ४-स्ट्रोक, ३-भल्भ, एयर कुल्ड इन्जिन छ। यसले ७ हजार आरपिएममा ६.९ किलोवाट पावर र ५ हजार पाँच सय आरपिएममा १०.५ एनएम टर्क जेनेरेट गर्छ। यसमा जडान भएको इन्जिन बिएस-६ नर्म्समा आधारित छ। 

एनटर्क १२५ रेसको लम्बाई १,८६१ एमएम, चौढाई ७१० एमएम र उचाई १,१६४ एमएम छ। यसको ह्विलबेसमा भने १,२८५ एमएम छ भने ग्राउन्ड क्लेरेन्स १८० एमएम छ। स्कुटरमा ५.८ लिटरको इन्धन ट्यांक पाउन सकिन्छ। 

Metro Mart
vianet

एनटर्क १२५ रेस एडिसनमा १२ इन्चको ट्युबलेस टायर पाउन सकिन्छ। राम्रो ह्विलबेस र ग्राउन्ड क्लेरेन्सका साथै टायर पनि ठूलो हुनाले यो स्कुटरलाई नेपाली भूभागको लागि उपयुक्त मान्न सकिन्छ। 
 

प्रकाशित: Apr 13, 2023| 21:00 बिहीबार, चैत ३०, २०७९
प्रतिक्रिया दिनुहोस्