आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एक दिन पुग्ने पनि इन्धन छैन श्रीलंकामा, ऊर्जामन्त्री भन्छन्- किन्ने पैसा छैन

एक दिन पुग्ने पनि इन्धन छैन श्रीलंकामा, ऊर्जामन्त्री भन्छन्- किन्ने पैसा छैन

'अब जुलाई २२ र २३ मा मा मात्र पेट्रोल आयात हुनेछ,' उनले भनेका छन्।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

कोलोम्बो- श्रीलंकाका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले देशमा चरम इन्धन संकट आइसकेको बताएका छन्। विगत ७० वर्षयताकै चरम इन्धन संकट र आर्थिक संकटलाई देशले सामना गरिरहनुपरेको उनले बताएका हुन्।

National life

विजेसेकेराका अनुसार श्रीलंकामा अब एक दिनलाई पुग्ने पेट्रोल पनि भण्डारणमा छैन। उनले अझै दुई साता पेट्रोल आयात नहुनेसमेत बताएका छन्। श्रीलंकामा विदेशी मुद्राको सञ्चिति कम भएकाले चरम आर्थिक संकट केन्द्रित भएको छ। 

'अब जुलाई २२ र २३ मा मा मात्र पेट्रोल आयात हुनेछ,' उनले भनेका छन्। गत साता श्रीलंकाले अत्यावश्यक बाहेकका सवारी साधनलाई पेट्रोल र डिजेल बिक्री नगर्ने बताए। श्रीलंकामा १२ हजार ७७४ टन डिजेल र ४ हजार ६१ टन पेट्रोल छ। यो एक दिनका लागि पर्याप्त नभएको उनको भनाइ छ। 

अर्को सातामा इन्धन आउने भए त्यसका लागि तिर्ने पैसा देशसँग नभएको उनको भनाइ छ। श्रीलंकाको केन्द्रीय बैंकले १२ करोड ५० लाख अमेरिकी डलर प्रवाह गर्ने भएपनि तत्कालको इन्धन संकट टार्नका लागि ५८ करोड ७० लाख अमेरिकी डलर आवश्यक भएको समेत उनको भनाइ छ।  

प्रकाशित: Jul 04, 2022| 23:15 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्