आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थमन्त्री शर्मामाथि छानबिन गर्न योजना आयोगका ६ पूर्वउपाध्यक्षको अपिल

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न योजना आयोगका ६ पूर्वउपाध्यक्षको अपिल

'बजेट निर्माणमा उठेका प्रश्नहरुमाथि यथोचित छानबिन गर्न मन्त्रिपरिषद, संसद र संवैधानिक निकाय समक्ष माग गर्दछौं,' ६ पूर्वउपाध्यक्षको अपिलमा उल्लेख छ। उनीहरूले संकटोन्मुख अर्थतन्त्रको सामना गर्न ठोस योजनाका साथ अघि बढ्न समेत आग्रह गरेका छन्।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका विषयमा गरेको घुसपैठमाथि छानबिन गर्न राष्ट्रिय योजना आयोगका ६ पूर्वउपाध्यक्षहरूले माग गरेका छन्। मंगलबार संयुक्त अपिल जारी गर्दै उनीहरूले यस्तो माग गरेका हुन्। 

'बजेट निर्माणमा उठेका प्रश्नहरुमाथि यथोचित छानबिन गर्न मन्त्रिपरिषद, संसद र संवैधानिक निकाय समक्ष माग गर्दछौं,' ६ पूर्वउपाध्यक्षको अपिलमा उल्लेख छ। उनीहरूले संकटोन्मुख अर्थतन्त्रको सामना गर्न ठोस योजनाका साथ अघि बढ्न समेत आग्रह गरेका छन्। 

अपिल जारी गर्नेमा पृथ्वीराज लिगल, डा. जगदीशचन्द्र पोखरेल, डा. युवराज खतिवडा, डा. दिनेशचन्द्र देवकोटा, डा. गोविन्दराज पोखरेल र डा. पुष्प कँडेल छन्। 

जनताको पसिनाबाट उठेको करको दुरुपयोग भएको, मुल्यवृदि र जनजीविकाका सवालमा सरकारले संबोधन गर्न नसकेको र सरकारले कुशासनलाई नै टेवा पुग्ने काम गरिरहेकाले उनीहरुको आरोप छ। 

अर्थमन्त्री शर्माले कर दर हेरफेर गर्न बिचौलियालाई जिम्मा लगाएको आरोप लागेको छ। एमाले र कांग्रेसका केही नेताले विवादमा मुछिएका मन्त्री शर्माले राजीनामा दिनुपर्ने माग गरेका थिए। जेठ १५ मा बजेट आएकाले जेठ १४ को मन्त्रालयको सीसीटीभी फुटेज सार्वजनिक गर्न एमालेले माग गरेको थियो। तर अर्थ मन्त्रालयले १३ दिनमा नै फुटेज डिलिट भएको जवाफ दिएको थियो। सीसीटीभी फुटेज ३ महिनासम्म सुरक्षित राख्नुपर्ने व्यवस्था छ। 

प्रकाशित: Jul 05, 2022| 18:16 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्