काठमाडौं- रिलायन्स लाइफ इन्स्योरेन्सको ब्यानर सगरमाथाको चुचुरोमा फहराइको छ। बीमाकर्मी दाकिपा शेर्पाले इन्स्योरेन्स ब्यानर सगरमाथाको चुचुरोमा फहराएपछि उनलाई सम्मान गरिएको छ।
दाकिपा शेर्पा पेसाले क्याइम्बिङ र ट्रेकिङ गाइडको रुपमा काम गर्छन्। उनले यही मिति २०७९ साल बैशाख २९ गते बिहान २ बजेर २९ मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमी रिलायन्स लाइफ इन्स्योरेन्सको ब्यानर फहराएका थिए।
उनलाई कम्पनीका अध्यक्ष रामचन्द केडियाले खादा र कदरपत्रले स्वागत एवं सम्मान गरेका थिए। ‘तपाईजस्तो युवाले आज देशको नाम विश्वको कुना कुनामा सगरमाथासँगै अगाडि बढाउनु भएकोमा हामी रिलायन्स लाइफ इन्स्योरेन्स परिवार हृदयदेखि नै सम्मान गर्दै तपाइको यो साहस र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ब्यानरलाई सर्वोच्च शिखरमा राख्न सफल हुनु भएकोमा हामी अत्यन्तै आभारी छौं,’ केडियाले भने।
सम्मानित दाकिपा शेर्पाले इन्स्योरेन्स परिवारको सहयोगप्रति धन्यवाद दिएका थिए। कम्पनीले शेर्पालाई ५० लाख बराबरको रिलायन्स म्यादी जीवन बीमा पोलिसी प्रदान गरेको छ।