आइतबार, असार ७, २०८३

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ०३ पैसा र बिक्री दर १२६ रुपैयाँ ६३ पैसा कायम गरेको छ।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ०३ पैसा र बिक्री दर १२६ रुपैयाँ ६३ पैसा कायम गरेको छ। 

National life

युरो एकको खरिद दर १३१ रुपैयाँ ७० पैसा र बिक्री दर १३२ रुपैयाँ ३३ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५२ रुपैयाँ ८२ पैसा र बिक्री दर १५३ रुपैयाँ ५५ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ३९ पैसा र बिक्री दर १३२ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७७ पैसा र बिक्री दर ८७ रुपैयाँ १८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ५८ पैसा छ। 

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३१ पैसा र बिक्री दर ९ रुपैयाँ ३५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८४ पैसा र बिक्री दर १८ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ५८ पैसा र बिक्री दर ३३ रुपैयाँ ७४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ४९ पैसा र बिक्री दर ३४ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

Shivam cement

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५६ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६९ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७३ पैसा र बिक्री दर ९ रुपैयाँ ७८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। -यस्तो छ आजको विनिमय दर

प्रकाशित: Jul 05, 2022| 06:31 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्