आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राजीनामाको दबाबपछि संसद‍्मा जवाफ दिँदै अर्थमन्त्री शर्मा

राजीनामाको दबाबपछि संसद‍्मा जवाफ दिँदै अर्थमन्त्री शर्मा

बजेट आउनु अघिल्लो दिन मन्त्रालयमा अनधिकृत व्यक्ति घुसाएर करका दर हेरफेर गरेको विषयमा विवादमा परेपछि संसद्मा आप्mना कुरा राख्दै अर्थमन्त्री शर्मा।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं– बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालय घुसाएर करका दर हेरफेर गरेको विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले बुधबार संसद्मा आफ्ना कुरा राख्ने भएका छन्। प्रतिनिधिसभाको बैठकमा शर्माले आफ्ना कुरा राख्न लागेका हुन्।

National life

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बुधबार बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले शर्मालाई संसद्मा आफ्ना कुरा राख्न निर्देशन दिएको हो। 

बैठकमा सहभागी माओवादी नेता हरिबोल गजुरेलले अर्थमन्त्री शर्माले आफ्ना कुरा राख्ने र त्यसपछिको अवस्था हेरेर अघि बढ्ने तयारी रहेको बताए। आर्थिक वर्ष २०७९/८० को बजेट बनाउँदा अर्थमन्त्री शर्माले एक पूर्वनायब सुब्बालाई करका दर हेरफेर गर्न लगाएको आरोप लागेको छ।

बजेट घोषणा हुनु अघिल्लो दिनको अर्थ मन्त्रालय सिसीटिभी फुटेज माग्दा मन्त्रालयले डिलिट भइसकेको गैरजिम्मेवारपूर्ण जवाफ दिएको थियो। मन्त्रालयको गैरजिम्मेवारपूर्ण जवाफपछि अर्थमन्त्री शर्मामाथि छानबिन हुनुपर्ने र राजीनामा दिनुपर्ने माग प्रतिपक्षी र गठबन्धनबाट उठिरहेको छ।

बजेट लफडाबारे एमालेसँग छलफल गर्ने माओवादीको निर्णय

Shivam cement

नेकपा माओवादी केन्द्रले बजेटमाथि उठेका प्रश्नमा प्रमुख प्रतिपक्षी एमालेसँग छलफल गर्ने भएको छ। बुधबार बिहान बसेको पूर्वस्थायी कमिटीका नेताहरूको बैठकले प्रमुख प्रतिपक्षी एमालेसँग छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको हो।

संसद्मा बजेट प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरिएको भन्दै एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग्दै आएको छ। सो दिनको सिसीटीभी फुटेज पनि मेटाइएको भन्दै अर्थमन्त्रीको आलोचना हुँदै आएको छ। अर्थमन्त्रीको विषयमा चौतर्फी आलोचना भइरहँदा पनि सरकार मौन बसेको एमाले आरोप छ।

प्रकाशित: Jul 06, 2022| 11:23 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्