आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ६० हजारसम्म बढ्यो मोटरहेड मोटरसाइकलका चार मोडलको मूल्य, अन्यको यथावत्

६० हजारसम्म बढ्यो मोटरहेड मोटरसाइकलका चार मोडलको मूल्य, अन्यको यथावत्

नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले चार मोडलका मोटरसाइकलको मूल्य वृद्धि गरेको छ।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

काठमाडौं– नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले चार मोडलका मोटरसाइकलको मूल्य वृद्धि गरेको छ। कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार दुई मोडलमा ६० हजार र अर्को दुई मोडलमा क्रमशः ५८ हजार र ४० हजार रुपैयाँको दरले मूल्य वृद्धि गरिएको छ। 

National life

नयाँ मूल्य सूची अनुसार मोटरहेड टेक्कन आर २५० को मूल्य ४ लाख १५ हजारबाट ४ लाख ७५ हजार रुपैयाँ पुगेको छ। त्यसैगरी स्पोर्ट्स २५० रोड भर्सनको मूल्य ३ लाख ७५ हजारबाट ४ लाख ३५ हजार तथा स्पोर्ट्स २५० अफरोड भर्सनको मूल्य ३ लाख ७२ हजार बाट ४ लाख ३० हजार रुपैयाँ पुगेको छ। स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार बाट ४ लाख ९५ हजार रुपैयाँ पुगेको छ। 

सरकारले बजेटमार्फत २०० सीसी भन्दा बढी क्षमताका मोटरसाइकलको कर बढाए पश्चात मोटरहेडले पनि यी मोटरसाइकलको मूल्य बढाएको हो। त्यसैगरी ढुवानी खर्च र डलरको बढेको भाउले समेत असर पारेको कम्पनीको भनाइ छ । बढेको मूल्य मंगलबारदेखि लागू हुने बताइएको छ। 

यद्यपि मोटरहेडका अन्य मोडलको मूल्य भने यथावत रहेको छ। नेपाली बजारमा उपलब्ध एमएच १५० को मूल्य ३ लाख १० हजार, एमएच २०० को मूल्य ३ लाख ७५ हजार, एक्सटर्क २५० को मूल्य ३ लाख ९० हजार र टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार रुपैयाँ रहेको छ।

प्रकाशित: Jul 05, 2022| 14:11 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्