आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रिलायन्स लाइफ इन्स्योरेन्सको पुँजी वृद्धि प्रस्ताव पारित

रिलायन्स लाइफ इन्स्योरेन्सको पुँजी वृद्धि प्रस्ताव पारित

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले सोमबार विशेष साधारण सभा सम्पन्न गरेको छ।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

काठमाडौं– रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले सोमबार विशेष साधारण सभा सम्पन्न गरेको छ।

साधारण सभामा अध्यक्ष ताराचन्द केडियाले छलफलका प्रस्तावहरू प्रस्तुत गरेका थिए। सभाले कम्पनीको अधिकृत पूँजी बृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्रमा पूँजी बृद्धि एवंं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ।

यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सोलाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने तथा पूँजी बृद्धिको आवश्यकतालाई दृष्टिगत गरी भविष्यमा अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान र छनौट गर्ने निर्णय पनि गरेको छ ।

यी कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने निर्णय भएको कम्पनीको भनाइ छ । साथै, सो सभाले कम्पनीको अधिकृत पुँजी रु ३ अर्ब रुपैयाँबाट बृद्धि गरी रु ५ अर्ब हुने गरी प्रस्ताव पनि पारित गरेको छ ।

प्रकाशित: Jul 05, 2022| 11:54 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्