आइतबार, असार ७, २०८३

तनहुँका दुई उत्कृष्ट सहकारी पुरस्कृत

आर्थिक वर्ष २०७७/०७८ मा बैंकमा नियमित कारोबार गर्ने र उत्कृष्ट कारोबार गर्ने एक/एक सहकारी संस्थालाई सोमबार दमौलीमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

तनहुँ- राष्ट्रिय सहकारी बैंक लिमिटेड दमौली शाखाले तनहुँका दुई सहकारी संस्थालाई व्यवसाय पुरस्कार प्रदान गरेको छ। आर्थिक वर्ष २०७७/०७८ मा बैंकमा नियमित कारोबार गर्ने र उत्कृष्ट कारोबार गर्ने एक/एक  सहकारी संस्थालाई सोमबार दमौलीमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो।

National life

उत्कृष्ट कारोबार विधामा शुक्लागण्डकी नगरपालिकास्थित बेलचौतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नियमित विधामा दमौलीस्थित समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरिएको हो।     

बेल चौतारा सहकारीका अध्यक्ष हिमकुमार श्रेष्ठ र समृद्धि सहकारीका उपाध्यक्ष कृष्ण बहादुर भुजेललाई व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु), राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसी, बैंकका दमौली शाखा समन्वय उपसमितिका संयोजक अमर बहादुर कुंवर लगायतले पुरस्कृत गरे।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले स्थानीय तहको समृद्धिका लागि सहकारीहरुसँगको सहकार्यमा जोड दिइएको बताए। सहकारी आम समुदायलाई आर्थिक रुपमा सबल बनाउने र सामाजिक रुपमा सक्षम बनाउने अभियान भएको भन्दै न्यौपानेले स्थानीय तह र सहकारी मिलेर समुदायमा आर्थिक सामाजिक गतिविधिलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गरे।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु)ले सहकारीमार्फत समुदायको आर्थिक विकासका लागि सहकारी ऐन नियमको प्रभावकारी कार्यान्वयनसँगै समन्वय र सहकार्यका साथ अगाडि बढ्नुपर्ने बताइन्।  -रासस

Shivam cement

प्रकाशित: Jul 05, 2022| 07:05 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्