आइतबार, असार ७, २०८३

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

योसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १८१ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्ने भएको छ। हवाइ इन्धन आन्तरिकतर्फको मूल्य १९० रूपैयाँ लिटर पुगेको छ। खाना पकाउने एलपी ग्यासको भने मूल्य यथावत (१ हजार ८ सय रूपैयाँ) छ।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य फेरि वृद्धि गरेको छ। सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक लिटर पेट्रोलमा २ रूपैयाँ र डिजेल/मट्टीतेलमा ९ रूपैयाँ र हवाइ इन्धनआन्तरिकमा ५ रूपैयाँ बढाएको हो।

योसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १८१ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्ने भएको छ। हवाइ इन्धन आन्तरिकतर्फको मूल्य १९० रूपैयाँ लिटर पुगेको छ। खाना पकाउने एलपी ग्यासको भने मूल्य यथावत (१ हजार ८ सय रूपैयाँ) छ।भारतीय आयल कर्पोरेसनले बढाएर मूल्यसूची पठाएपछि नेपालमा पनि मूल्य बढाउनुपरेको निगमको दाबी छ। 

प्रकाशित: Jul 04, 2022| 21:29 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्