आइतबार, असोज ११, २०८३

इपीएस परीक्षा केन्द्र किन पुगे मन्त्री कुँवर?

यो वर्ष ४४ हजार जना कृषि र पशुपालनतर्फको परीक्षामा सहभागी भएको इपीएस कोरिया शाखाका निर्देशक पुष्प कटुवालले जानकारी दिए।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

काठमाडौं- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले इपिएस प्रणाली मार्फत कोरिया जाने कामदारको लागि लिइने भाषा परीक्षा केन्द्रको अुगमन गरेका छन्। मंगलबार दिउँसो ललितपुरको भैँसेपाटीमा रहेको परीक्षा केन्द्रको अनुगमन गरेका हुन्। 

मन्त्री कुँवरले परीक्षाको प्रकृति, तरिका र विद्यार्थीले पालना गर्नु पर्ने नियमका बारेमा जानकारी लिएका थिए। जेठ १९ देखि असार ३ गतेसम्म पहिलो चरण र असार १३ गतेदेखि दोस्रो चरणमा परीक्षा भइरहेको छ। एक पटक २ सय जनाले परीक्षा दिइरहेका छन्।

अहिले विद्यार्थीले युबिटीमार्फत् परीक्षा दिइरहेका छन्। परीक्षाको एक दिन अघि विद्यार्थीको बाडोमेट्रिक तथ्यांक राख्ने काम गरिन्छ। त्यसमा परीक्षामा सहभागी हुने विद्यार्थीको सबै जानकारी राखिन्छ र सोही आधारमा अर्को दिन कोरियनले परीक्षा लिने गर्दछ।

यो वर्ष ४४ हजार जना कृषि र पशुपालनतर्फको परीक्षामा सहभागी भएको इपीएस कोरिया शाखाका निर्देशक पुष्प कटुवालले जानकारी दिए। 

प्रकाशित: Jul 05, 2022| 22:03 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्