आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गुल्मीका लवकुशले बनाए स्क्यान गरेपछि चिया दिने मेसिन

गुल्मीका लवकुशले बनाए स्क्यान गरेपछि चिया दिने मेसिन

गुल्मीका १८ वर्षीय जुम्ल्याहा दाजुभाई लव पन्थी र कुश पन्थीले स्क्यान गरेर पैसा तिरेपछि चिया दिने भेन्डिङ मेसिन बनाएका छन्। लवकुशले बनाएको उक्त मेसिनको नाम ‘टि स्क्यान’ राखिएको छ।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

गुल्मी- गुल्मीका १८ वर्षीय जुम्ल्याहा दाजुभाई लव पन्थी र कुश पन्थीले स्क्यान गरेर पैसा तिरेपछि चिया दिने भेन्डिङ मेसिन बनाएका छन्। लवकुशले बनाएको उक्त मेसिनको नाम ‘टि स्क्यान’ राखिएको छ। 

पैसा लिन र चिया दिन टी स्क्यानलाई मान्छेको कुनै पनि सहायता जरुरी पर्दैन। टी स्क्यानको माथिल्लोपट्टि क्युआर कोड राखिएको छ। ग्राहकले पहिले कप थापेर स्क्यान गरी पैसा तिरेपछि कपमा चिया भरिन्छ। 

विषेशगरी व्यक्तिहरुले थरमसमा राखेर चिया बेच्न हिँडिरहेको देखेपछि मेसिन बनाउन प्रेरित भएको उनीहरुको भनाई छ। ‘काठमाडौँमा बस्ने क्रममा बसपार्क, एयरपोर्ट तथा अन्य मेलाहरुमा थरमसमा राखेर चिया बेच्ने गरेको देखेका थियौं।’ उनीहरुले भने, ‘त्यसपछि मेसिन बनाउने सोच आएको हो।’

मेसिनमा १ पटकमा पाँच लिटरसम्म चिया राख्न सकिन्छ। एकपटक मेसिनमा पानी, दूध, चिनी, चियापत्ति राखेपछि सबै काम मेसिनले आफै चिया बनाउँछ। 'पैसा संकलन गर्छ र स्क्यान गरेपछि चिया पनि रिलिज गरिदिन्छ,' लव पन्थीले भने। एक पटक पाकेको चिया कम्तीमा सात घण्टासम्म सोही तापक्रममा रहने उनीहरुको दाबी छ। चिया बेच्ने मेसिनले बजार पाउने उनीहरुको अपेक्षा छ। 

उनीहरुले नेपालकै पहिलो नेपाली भाषा बोल्ने रोबोट, कोरोनाको समयमा आइसोलेशन वार्डमा प्रयोग गर्न सकिने नर्स रोबर्ट बनाएका थिए। यसबाट उनीहरु पुरस्कृत समेत भएका थिए। 

प्रकाशित: Jul 05, 2022| 16:14 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्