एमसीसीको सहयोगको प्रसारण लाइन निर्माणका लागि मकवानपुरको रातमाटे सबस्टेसनदेखि नयाँ हेटौंडा सबस्टेसन खण्डमा पर्ने थाहा नगर, कैलाश पालिका, राक्सिराङ तथा हेटौंडा उप–महानगरभित्रका जग्गा, घरगोठ, टहरा अधिग्रहण गरिने।
पहाडी क्षेत्रका विमानस्थलमा हुने उडान सञ्चालनलाई थप सुरक्षित तथा व्यवस्थित गरेर स्थानीयलाई हवाई यातायातमा पहुँच वृद्धि गराउने उपायस्वरुप चारबुँदे निर्णय सार्वजनिक।
लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–४ कालापैरा तथा करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक अवरुद्ध बनाएको हो।