मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड ३ लाख ८० हजारमै

यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड ३ लाख ८० हजारमै

 |  आइतबार, असोज २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०

नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड मोटरसाइकल ३ लाख ७९ हजार ९ सय रुपैयाँमा विक्री गर्ने भएको छ। यो मोटरसाइकलमा एफआई इन्जिन, नवीनतम् डबल डिस्क र बीएस सिक्स इन्जिन टेक्नोलोजीसहित तीनवटा मुख्य विशेषताहरू रहको कम्पनीले जनाएको छ।

National life

एफजेड एफआई भीथ्री स्ट्यान्डर्डमा कुनै पनि सुविधाहरुमा सम्झौता नगरी किफायतीपन कायम गरिएको एमएडब्लुको भनाइ छ। यो मोटरसाइकल कालो र निलो रङमा उपलब्ध छ।

यो मोटरसाइकल आकर्षक स्पोर्टी डिजाइनमा रहेको छ। यसमा १४९ सीसी एयर-कूल्ड फोर-स्ट्रोक सिंगल-सिलिन्डर ब्लूकोर इन्जिन छ भने यसले मध्यम रेन्जको पावर दिने कम्पनीले जनाएको छ। यसको इन्धन इन्जेक्टेड इन्जिन शक्तिशाली र प्रभावकारी रहेको कम्पनीको दाबी छ। यसले औसत ४५ देखि ५० किमी प्रति लिटरको माइलेज प्रदान गर्ने पनि जनाइएको छ।

मोटरसाइकलमा ट्याकोमिटर, ओडोमिटर, सिंगल ट्रिप मिटर, फ्युल इन्डिकेटर, स्पिडोमिटर र इको ल्याम्पसहितको सूचनात्मक डिजिटल मिटर जडान गरिएको छ। मोटरसाइकलको अगाडि ४१ एमएम टेलिस्कोपिक सस्पेन्सन र पछाडि ७-स्टेप एडजस्टेबल मोनोक्रस सस्पेन्सन छन्, जसले यात्रालाई आरामदायी बनाउने कम्पनीको दाबी छ। सुरक्षाका लागि डुअल डिस्क ब्रेकिङ प्रणाली रहेको जनाइएको छ।

‘स्पोर्टिनेस, स्टाइलिस र एक्साइटमेन्टका विशेषताले सुसज्जित मोटरसाइकल किफायती मूल्यमा ग्राहकसामु ल्याउने यामाहाको प्रतिबद्धतास्वरुप एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड आएको हो,’ एमएडब्लू टू ह्वीलर्स डिभिजनका सीईओ राजु क्षेत्रीले भने।

प्रकाशित: Oct 08, 2023| 16:53 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्