मंगलबार, वैशाख २९, २०८३

सामसङको चाडपर्व अफरमा क्यासब्याक

 |  आइतबार, असोज २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०

सामसङ नेपालले ‘रमाइलो दसैं तिहार, मायाले भरौं घर परिवार’ नामक अफर घोषणा गरेको छ। यस अफरमा ४१ प्रतिशतसम्मको छुटमा सामसङ टीभी र होम अप्लायन्सेस घर लैजान पाइने कम्पनीले जनाएको छ।

National life

‘यो अफरले सामसङको टीभी, रेफ्रिजेरेटर र वासिङ मेसिनको आकर्षक रेन्जलाई समावेश गरेको छ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ। होम थिएटर एक्सपेरियन्स अफरमा सामसङको कुनै पनि नयाँ टीभीसँग टी४००, बी४५०, ए४५०, टी४२० र एमएक्स–टी ५० लगायत साउण्डबारको खरिद गर्दा बन्डल छुट ग्राहकले पाउन सक्ने कम्पनीले जनाएको छ।

‘ग्राहकले दसैंतिहारको मौकामा सामसङको नवीनतम टीभी नियो क्युएलईडी खरिद गर्दा ४१ हजार ६९० रुपैयाँको बी ४५० साउण्डबार सित्तैमा पाउने छन्’ कम्पनीले भनेको छ। कम्पनीका अनुसार सामसङको नयाँ टीभी खरिद गर्दा ग्राहकले ३ वर्षको वारेन्टी पाउने छन्।

डबल डोर वा सिंगल डोर रेफ्रिजेरेटरमा पनि छुट दिइने कम्पनीले जनाएको छ। मंसिर ४ गतेसम्म अफर लागू हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। कम्पनीले शून्य प्रतिशत ब्याज भएको ईएमआई तथा फ्री जडानजस्ता सुविधा पनि प्रदान गर्दै आएको जनाएको छ।

 

प्रकाशित: Oct 08, 2023| 16:48 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्