मंगलबार, असोज ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • खल्तीबाट वर्ल्डलिंकको भुक्तानी गर्ने २४ जोडी ग्राहकले दुबई घुम्न पाउने

खल्तीबाट वर्ल्डलिंकको भुक्तानी गर्ने २४ जोडी ग्राहकले दुबई घुम्न पाउने

 |  आइतबार, असोज २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०

भुक्तानी सेवा प्रदायक खल्तीले वर्ल्डलिंकका ग्राहकलाई लक्षित गर्दै ‘दसैँ क्याम्पियन’ अन्तर्गत दुबई भ्रमणको अफर ल्याएको छ। अफरअन्तर्गत वर्ल्डलिंक इन्टरनेटको भुक्तानी खल्तीबाट गर्ने गर्नेमध्ये २४ ग्राहक जोडीले ‘दुबई भ्रमण’ गर्ने मौका पाउने छन्।

Kumaribank

अफरमा सहभागी हुन ग्राहकले इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकको इन्टरनेट शुल्क खल्तीबाट भुक्तानी गर्नुपर्ने छ। खल्तीबाट भुक्तानी गर्नेमध्ये हरेक हप्ता दुई जोडीका दरले २४ जोडीले ४ रात ५ दिनका लागि दुबई घुम्ने मौका पाउने कम्पनीले जनाएको छ।

दुबई भ्रमण अफरमा लाग्ने सम्पूर्ण खर्च खल्तीले नै व्यहोर्ने बताएको छ। तीन महिना वा १२ महिनाको इन्टरनेट शुल्क भुक्तानी गर्ने प्रयोगकर्ता यो अफरमा सहभागी हुन पाउने कम्पनीको भनाइ छ।

तीन महिनाको इन्टरनेट शुल्क खल्तीबाट भुक्तानी गरेपछि प्रयोगकर्ताले दुईओटा भौचर पाउने छन् भने १२ महिनाको भुक्तानी गर्दा पाँच ओटा भौचर पाउनेछन्। खल्तीले हरेक हप्ता त्यसै भौचरमध्ये दुईवटा विजेता घोषणा गर्ने बताएको छ।

 

Metro Mart

प्रकाशित: Oct 08, 2023| 16:47 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्