शुक्रबार, असार २६, २०८३

दसैंका लागि नयाँ नोट २९ असोजदेखि

 |  आइतबार, असोज २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०

नेपाल राष्ट्र बैंकले दसैं, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ। राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो।

राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ। काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ। वाणिज्य बैंकहरुले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनु पर्नेछ।

काठमाडौं उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ। गत वर्षजस्तै १८ हजार ५ सय रुपैयाँको बन्डलमा विभिन्न दरका नयाँ नोट उपलब्ध हुनेछन्।

प्रकाशित: Oct 08, 2023| 18:18 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्