शुक्रबार, असार २६, २०८३

एभरेष्ट बैंकद्वारा चालकलाई क्युआर कोड

 |  आइतबार, असोज २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०

एभरेष्ट बैंकले नेपाल अटो तथा इ-रिक्सा यातायात तिलोत्तमा रूपन्देहीलाई वित्तीय साक्षरता तथा क्युआर कोड हस्तान्तरण गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल अटो तथा इ-रिक्सा यातायातका ५५ भन्दा बढी सदस्यलाई क्युआर कोड हस्तान्तरण गरेका छन्।

तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवि चौधरीले बैंकको वित्तीय साक्षरता तथा क्युआर कोड हस्तान्तरण कार्यले सर्वसाधारणलाई सरल तथा सुरक्षित बैंकिङ सुविधा उपलब्ध हुने विश्वास व्यक्त गरेका छन्।

यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत खलिङले सम्पूर्ण त्तिलोत्तमा बसीहरूमा सुरक्षित बैंकिङ गर्न हौसला मिल्ने, नयाँ उद्यम गर्न बैंकले सहयोग गर्ने, नगद कारोबारबाट झन्झट मुक्त हुने र व्यापार प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख सतेन्द्रराज सुवेदी तथा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीले सयजना बढी टेम्पो, इ-रिक्सा चालक र महिला उद्यमी दिदीबहिनीलाई वित्तीय साक्षरता सचेतना प्रदान गरेका छन्। वित्तीय साक्षरता सचेतना कार्यक्रमले स-साना बचतले पनि भविष्यमा आइपर्ने जोखिम व्यवस्थापन गर्न मदत पुग्ने उप्रेतीले बताए।

 

 

प्रकाशित: Oct 08, 2023| 16:53 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्