मंगलबार, वैशाख २९, २०८३

सेयर धितो कर्जामा १२ करोडको सीमा हट्यो

 |  बिहीबार, असोज १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १८, २०८०

नेपाल राष्ट्र बैंकले सेयर धितोमा जारी हुने कर्जाको एकल ग्राहक सीमा बढाएर १५ करोड रूपैयाँ पुर्‍याएको छ। अब कुनै व्यक्तिले सेयर धितोमा अधिकतम १५ करोड रूपैयाँसम्म कर्जा पाउने भएको हो।

National life

हाल यस्तो सीमा अधिकतम १२ करोड रूपैयाँ तोकिएको छ। साथै, अब व्यक्ति र संस्थालाई अलगअलग सीमा लाग्ने भएको छ।

अब संस्थाले एक बैंक वा पूरै बैंकिङ प्रणालीबाट २० करोड रूपैयाँसम्म कर्जा पाउने भएको छ। राष्ट्र बैंकले गत वर्ष कात्तिकबाट लागू हुने गरी सेयर धितो कर्जामा एकल ग्राहक कर्जा सीमा तोकेको थियो।

एक ग्राहकले एउटा बैंकबाट चार करोड र पूरै प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म कर्जा पाउन सकिने व्यवस्था गरेको थियो। तर केही महिनाअघि चार करोडको सीमा नै हटाएको थियो।
 

प्रकाशित: Oct 05, 2023| 20:44 बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्