सोमबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • विश्व बैंकको वार्षिक बैठकमा भाग लिन मोरक्को गए अर्थमन्त्री महत 

विश्व बैंकको वार्षिक बैठकमा भाग लिन मोरक्को गए अर्थमन्त्री महत 

बैठकमा विश्वभरका १८९ देशका अर्थ तथा विकासमन्त्री, केन्द्रीय बैंकर, निजी क्षेत्रका अधिकारी, नागरिक समाज, सञ्चार माध्यम र प्राज्ञिकको सहभागिता रहनेछ ।
 |  सोमबार, असोज २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०

vianetvianet

काठमाडौं–अर्थमन्त्री डा प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन आज मोरक्को उडेका छन्। बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत विश्वव्यापी चासोका विषयमा छलफल हुनेछ।

२२ देखि २८ असोजसम्म हुने बैठकको मूल नारा’ ग्लोबल एक्सन, ग्लोबल इम्प्याक्ट’ रहेको छ। सोही अवसरमा अर्थमन्त्री डा महतले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का एसिया प्यासिफिक हेर्ने उपाध्यक्ष रिकार्डो पुलितीसँग नेपालमा निजी लगानीको सम्भाव्यता विषयमा छलफल गर्ने जनाइएको छ।

त्यसैगरी सोही अवसरमा  युएस एडसँग नेपाल र अमेरिकाबीचको विकास साझेदारीका विषयमा छलफल हुने बताइएको छ। सहुलियतपूर्ण वित्तीय व्यवस्थामा पहुँचसम्बन्धी जोखिम तत्त्वको विषयमा छलफल, विल एन्ड मेन्डिला गेट्स फाउन्डेसनसँग सार्वजनिक डिजिटल पूर्वाधारका माध्यमबाट समावेशी एवं चुनौतीसँग जुध्न सक्षम आर्थिक विकासका सम्बन्धमा छलफल हुनेछ। 

अर्थमन्त्री डा महतले दक्षिण कोरियाका उपप्रधानमन्त्रीसँग साइडलाइन वार्ता गर्नेछन्। त्यसैगरी अर्थमन्त्री डा महतले स्ट्यान्डर्ड एन्ड चार्टर्ड बैंक एवं क्रेडिट रेटिङ सम्बद्ध संस्था फ्लिच रेटिङका प्रतिनिधीसँग नेपालको रेटिङ सम्बन्धमा साइडलाइन वार्ता गर्नेछन्।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रतिनिधिसँग संयुक्त रूपमा क्षेत्रीय आर्थिक परिदृष्य सार्वजनिक हुनुका साथै सो संस्थाको दिगो एवं प्रतिरोधी ट्रष्ट समूहसँग समेत अर्थमन्त्री महतले वार्ता गर्नेछन्।

National life insurance

त्यसैगरी विश्व बैंकको कोष समूहसँग भावी वित्तीय द्वारका विषयमा वार्ता हुने, अन्तर्राष्ट्रिय विकास संघ (आइडिए)का उपाध्यक्षसँग द्विपक्षीय वार्ता हुने र बहुपक्षीय लगानी सुरक्षण एजेन्सी (एमआइजिए)का उपाध्यक्षसँग द्विपक्षीय वार्ताको कार्यक्रम तय भएको जनाइएको छ।

अर्थमन्त्री महतका साथमा अर्थसचिव डा कृष्णहरि पुष्कर, अन्तर्राष्ट्रिय विकास सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल, उपसचिव डा नारायण ढकाल र अर्थमन्त्रीका निजी सचिव होम पराजुली सहभागी छन्।

बैठकमा विश्वभरका १८९ देशका अर्थ तथा विकासमन्त्री, केन्द्रीय बैंकर, निजी क्षेत्रका अधिकारी, नागरिक समाज, सञ्चार माध्यम र प्राज्ञिकको सहभागिता रहनेछ।

प्रकाशित: Oct 09, 2023| 14:44 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्