मंगलबार, वैशाख २९, २०८३

पूर्वमा गल्फ लुब्रिकेन्टका दुई नयाँ शोरुम

 |  आइतबार, असोज २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०

गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले उच्च पुर्बी पहाडी जिल्ला संखुवासभाको चैनपुरमा र पुर्बी तराईको जिल्ला झापाको बिर्तामोडमा गल्फ लुब्रिकेन्टको नयाँ शोरुम संचालनमा ल्याएको छ।

National life

नेपाल ल्युब आयल लिमिटेडले चैनपुरमा आफ्नो आधिकारक बिक्रेता लक्की सप्लायर्स र झापामा आफ्नो आधिकारक बिक्रेता साहारा कृषि अनुसन्धान तथा बिकास कम्पनी प्रालिको नयाँ शोरुम संचालनमा ल्याएको हो।

ग्राहकलाई उच्च सेवा प्रधान गर्न र नेपालकै सर्वाधिक बिक्री हुने गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउने लक्ष्य अनुसार नयाँ शोरुमहरु संचालनमा ल्याइएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। कम्पनीले हिमाल, पहाड, तराई र मधेसका सबै बिकट र निकट स्थानहरुमा गल्फ लुब्रिकेन्टका सेल्स आउटलेट संचालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ।

दुबै शोरुमको उद्घाटन नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले गरेका हुन्। उद्घाटनपछि बोल्दै चौधरी भने, ‘गल्फ एक विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड हो र यो नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड पनि हो। ग्राहकलाइ उच्च सेवा प्रधान गर्ने हाम्रो मूल उद्देश्य रहेको छ, यसमा प्रशिक्षित जनशक्ति र लुब्रिकेन्टको सजिलो उपलब्धताले ठुलो भूमिका निर्वाह गर्दछ।’

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ।

 

प्रकाशित: Oct 08, 2023| 16:50 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्