शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एभरेष्ट बैंकका ग्राहकलाई निरभाना फिजियोथेरापीमा विशेष छुट

एभरेष्ट बैंकका ग्राहकलाई निरभाना फिजियोथेरापीमा विशेष छुट

 |  आइतबार, असोज २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०

एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर, लाजिम्पाटबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।  यो सँगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुले उक्त वेलनेस सेन्टरबाट विभिन्न सेवामा २५ प्रतिशत सम्मको आकर्षक छुट पाउने छन्।

बैंकका रिटेल तथा एसएमई प्रमुख विष्णुप्रसाद ज्ञवाली र वेलनेस सेन्टरका प्रबन्ध निर्देशक रजुल श्रेष्ठले सो सम्झौतामा हस्ताक्षर गरे।

उक्त सम्झौता लागू भए सँगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले उक्त वेलनेस सेन्टरबाट प्रदान गरिने विभिन्न सेवामा १० देखी २५ प्रतिशत सम्मको विशेष छुटको लाभ लिन सक्नेछन्।

सो समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रती, बजार अधिकृत एलिना कार्की तथा वेलनेस सेन्टरका तर्फबाट सञ्चालन तथा बजार निर्देशक स्वर्णिम सुवालको समेत उपस्थिति रहेको थियो।

यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।

प्रकाशित: Oct 08, 2023| 12:31 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्