मंगलबार, वैशाख २९, २०८३

आइसरको दसैं तिहार योजना

 |  आइतबार, असोज २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०

आइसर कम्पनीले दसैं र तिहारको उल्लक्षमा ग्राहकलाई नयाँ आइसर गाडीको खरिद गर्दा रोजेर उपहार लिन पाइने रमाइलो योजनाको सुखद घोषणा गरेको छ।

National life

७० भन्दा बढी देशमा फैलिएको आइसर, भोल्भो र आइशरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ विभिन्न उत्पादन बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ। हालै बतास र एमएडब्लूको एकताले व्यवसायिक सवारी साधनको बजारमा नयाँ आयाम थप्नुका साथै ११ शाखा, ४ डिलर र १६ टच पोइण्टस्को साथ देशभर व्यावसायिक सवारी साधन उपलब्ध गराउँदै आएको छ।

आफ्ना उपभोक्तासँग खुशी साटासाट गरी चाडपर्वको उत्सव मनाउन बतास एमएडब्लू कमर्सियल भइकल (बीएमसीवी) ले दसैं तिहार स्कीम घोषणा गरेको हो। यो योजनाअन्तर्गत आइसर बस, ट्रक तथा ट्रिपरकाको खरिदमा सुनको बहार, टुर प्याकेज, यामाहा बाइक र स्कुटर, सवारी साधनको फ्री सर्भिसिङ र स्पेयर पार्ट्स अथवा फ्री ईएमआई मध्येबाट ग्राहकले रोजेर उपहार लिन पाउने बताइएको छ।

यो योजनाको अन्त्यमा बम्पर उपहार अन्तर्गत एकजना भाग्यमानीले मिनी इभी कार पनि प्राप्त गर्ने कम्पनीको भनाइ छ। यी उपहारबाहेक चालकलाई पाँच लाख र पच्चीस लाखको आकस्मिक बीमा, एक वर्षको सवारी बीमा तथा एक आर्थिक वर्षको सम्पूर्ण सडक करको सुविधा पनि आइसरले प्रदान गर्नेछ।

 

प्रकाशित: Oct 08, 2023| 16:50 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्