मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एभरेष्ट बैंकको अगुवाइमा कजरिया टायल्सले नेपालमै टायल्स तथा सेरामिक्स उत्पादन गर्ने

एभरेष्ट बैंकको अगुवाइमा कजरिया टायल्सले नेपालमै टायल्स तथा सेरामिक्स उत्पादन गर्ने

 |  आइतबार, असोज २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०

एभरेष्ट बैंकको अगुवाईमा कजरिया रमेश टायल्समा लगानी गर्ने सम्बन्धमा सह वित्तीयकरण अन्तर्गत सहभागी बैंकहरूबीच वित्तीय सहजीकरण गर्ने कार्य सम्पन्न भएको छ। अगुवा बैंकको तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा रमेश कर्पका तर्फबाट कम्पनीका उपाध्यक्ष रोहित गुप्ताले एक विशेष समारोहकाबीच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न गरेका हुन्।

National life

सो कार्यक्रममा सह–वित्तीयकरणका अन्य सदस्य बैंकहरू नबिल बैंक, नेपाल एसबिआई बैंक र प्रभु बैंकका उच्च पदस्थ अधिकारीहरू समेतको गरिमामय उपस्थिति रहेको थियो।

नेपाललाई टायल्स उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नवलपरासीमा रहेको प्लान्टबाट उत्पादन हुने टायल्सको कुल लागत ४ अर्बमध्ये सह–वित्तीयकरण अन्तर्गत ३ अर्ब करोड लगानी रहनेछ।

विश्वको ७औं ठूलो टायल्स उत्पादन कम्पनी कजरिया सेरामिक्स भारतको संयुक्त लगानी रहेको कजरिया रमेश टायल्स लिमिटेडले नेपालमा आधुनिक उपकरणहरू प्रयोग गरी गुणस्तिरीय टायल्स तथा सेरामिक्सका अन्य उत्पादनहरू अन्तराष्ट्रिय मापदण्ड बमोजिम गुणस्तिरीय हुने जनाएको छ।

मार्च २०२४ बाट सुरू हुने उक्त परियोजनाले देशमा हुने टायल्सको माग पूरा गरी आयात प्रतिस्थापन गर्नेमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ।  

बैंकले देशैभरी छरिएर रहेको आफ्नो १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

 

प्रकाशित: Oct 08, 2023| 16:51 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्