आइतबार, जेठ २५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सीजीनेटको ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन: तीन गुणा गति, क्यासब्याक लगायतका अफर

सीजीनेटको ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन: तीन गुणा गति, क्यासब्याक लगायतका अफर

 |  आइतबार, असोज २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०

vianetvianet

सीजी कम्युनिकेशन्सले सीजी डिजिटल र पेमेन्ट पार्टनर ईसेवा सँग सहकार्य गर्दै आफ्नो दशैँ क्याम्पेन 'ह्याट्रिक दक्षिणा' सार्वजनिक गरेको छ। नजिकिँदो महान चाड दशैँ र क्रिकेट विश्वकप लाई दृष्टिगत गर्दै ह्याट्रिक दक्षिणा क्याम्पेनले उपभोक्तालाई अतुलनीय फाइदा प्रदान गर्ने लक्ष्य लिएको कम्पनीको भनाई छ।

सीजी डिजिटल र सीजीनेट बीचको सहकार्य मार्फत यस योजना अन्तर्गत उपभोक्ताले पहिले कै मूल्यमा तेब्बर गतिको इन्टरनेट सुविधा प्राप्त गर्न सक्नेछन्।

साथै, योजना अन्तर्गत उपलब्ध गरिएका विभिन्न कम्बो छुटको लाभ लिँदै ३२ हजार ८५९ रुपैयाँ पर्ने ४३ ईञ्चको सीजी स्मार्ट टीभीका साथमा ३ महिनाका लागि सीजीनेटंआईपीटीभीको ८० एमबीपीएस सेवा प्राप्त गर्न सक्नेछन्। यो वास्तविक मूल्यको आधा हो।

त्यसैगरी ३२ इञ्चको सीजी स्मार्ट टीभी, २२ हजार ६४४ रुपैयाँमा खरिद गर्दा तीन महिनाका लागि सीजीनेट आईपीटीभीको ५० एमबीपीएस सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

सीजी स्मार्ट टीभीका लागि अधिकतम छुट सुविधाका साथै यस अफर अन्तर्गत उपभोक्ताले ५० र ८० एमबीपीएस गतिको इन्टरनेट सुविधा खरिद गर्दा तेब्बर गतिको ईन्टरनेट सुविधा प्राप्त गर्न सक्नेछन्। साथै उपभोक्ताले ईसेवाका माध्यमबाट सीजीनेटका प्याकेजहरू खरिद गर्दा पाँच सय रुपैयाँसम्मको क्याशब्याक प्राप्त गर्न सक्नेछन्।

National life insurance

सीजीनेटले भरखरै आफ्ना सेवाहरू पोखरा, विराटनगर, ईटहरी, धरान र वीरगञ्ज लगायत प्रमुख सहरमा बिस्तारित गरेको छ। कम्पनीका सेवाको उपभोग हेटौडा, बुटवल, भैरहवा, भरतपुर, सिमरा, बर्दघाट, काठमाडौं, ललितपुर र भक्तपुरमा समेत उपलब्ध छ।

उपभोक्ताको उत्साहजनक मागलाई विशेष ध्यानमा राखि सीजीनेटले आफ्ना सेवा प्याकेजहरूमा आईपीटीभी पनि समावेश गर्दै सर्वसाधारणका साथै बिजिनेसलाई पनि कनेक्टिभिटी ट्रान्सफरमेशनको आफ्नो यस उत्साहजनक यात्रामा समावेश गर्ने प्रयास गरेको छ।

प्रकाशित: Oct 08, 2023| 13:11 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्