मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • काम गरेको पैसा नपाएपछि ठेकेदारले प्रधानमन्त्री गुहारे

काम गरेको पैसा नपाएपछि ठेकेदारले प्रधानमन्त्री गुहारे

 |  बिहीबार, असोज १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माण व्यवसायीका समस्या दसैं अगाडि नै समाधान हुने आश्वासन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटार पुगेको निर्माण व्यवसायीको टोलीलाई प्रचण्डले समस्या समाधानका लागि आफ्नो ध्यानाकर्षण भएको बताएका हुन्।

National life

‘आन्दोलन गरेपछि वार्ता टोली गठन भएको थियो। वार्ता टोलीसँग हामीले छलफल गरेर कार्यान्वयन हुने कुराहरु कार्यान्वयन भएको छैन। यसबारेमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गरायौं। उहाँले कार्यान्वयन हुन्छ भन्नुभएको छ,’ निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भने।

सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्दै सिंहको टोलीले प्रधानमन्त्रीलाई भुक्तानीको वातावरण मिलाउन आग्रह गरेको थियो। दसैं अघि भुक्तानी नभए निर्माण कम्पनिमा काम गर्ने मजदुर मर्कामा पर्ने पनि व्यवसायीले भेटका क्रममा प्रचण्डलाई बताएका थिए।

सिंहका अनुसार बिल बनाइसकेको ८ अर्बको हाराहारीमा व्यवसायीले भुक्तानी पाउन बाँकी छ। बिल बन्न बाँकी ४० अर्ब पनि भुक्तानी बाँकी रहेको सिंहले बताए। उनले बजेट नभएको आयोजना खारेज गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरेको बताए।

‘हामीसँग गरेको सहमतिलाई कार्यान्वयन गरिदिने। काम गर्ने वातावरण दिने र बजेट नभएको आयोजना खारेज गरिदिने भनेर हामीले भन्यौं,’ सिंहले भने। जवाफमा प्रधानमन्त्रीले व्यवसायीको उचित मागको सम्बोधन हुने बताएका थिए।
 

प्रकाशित: Oct 05, 2023| 19:09 बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्