मंगलबार, वैशाख २९, २०८३

खल्ती लिंक गरी बैंकमा पैसा पठाउँदा शुल्क नलाग्ने

 |  आइतबार, असोज २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०

‘खल्ती’ ले आफ्ना प्रयोगकर्ताहरूकालागि ‘सेन्ड मनी फर फ्री’ अफर उपलब्ध गराएको छ। यस अफर अनतर्गत बैंक लिंक गरेका खल्ती प्रयोगकर्ताले ‘खल्ती फन्ड ट्रान्सफर’ बाट कुनै पनि बैंक खातामा बिना कुनै सर्विस चार्ज सजिलै पैसा पठाउन सक्नेछन्।

National life

यस सेवा प्रयोग गर्न भने खल्ती प्रयोगकर्ताले आफ्नो बैंक खाता खल्तीमा लिंक गर्न आवश्यक छ। खाता लिंक गरे पश्चात ‘खल्ती फन्ड ट्रान्सफर’ बाट पैसा पठाउने क्रममा बैंक लिंक विकल्प छनोट गरि बिना कुनै सर्विस चार्ज सजिलै पैसा पठाउन सक्नेछन्।

साथै बैंक लिंक खाता खल्तीमा लिंक नगरेका प्रयोगकर्ताले पनि केहि विवरण भरि केहि समय मै बैंक खाता खल्तीमा लिंक गर्न सक्नेछन्। यति मात्र नभएर खल्ती मा बैंक लिंक गरि प्रयोगकर्ताले विभिन्न अफरमा पनि सहभागी हुन सक्नेछन्।

 

प्रकाशित: Oct 08, 2023| 16:51 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्