शुक्रबार, असार २६, २०८३

२० रुपैयाँको नयाँ नोट प्रचलनमा

राष्ट्र बैंकले साविककै आकार तथा रङमा संकेत नम्बर ठ८७ ०००००१ देखि त १८ ९९९९९९ सम्मका नोट बजारमा पठाउन लागेको हो। 
 |  शुक्रबार, असोज १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १९, २०८०

काठमाडौं– राष्ट्र बैंकले आजदेखि २० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकले साविककै आकार तथा रङमा संकेत नम्बर ठ८७ ०००००१ देखि त १८ ९९९९९९ सम्मका नोट बजारमा पठाउन लागेको हो। 

राष्ट्र बैंकका अनुसार २० रुपैयाँको नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुरासँको छाप रहेको छ। नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ भने मध्य भागमा दुई वटा बाह्रसिंगाको चित्र छ। 

गभर्नरले दस्तखत गर्नुपर्ने ठाउँमा महाप्रसाद अधिकारीको दस्तखत राखिएको छ भने नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘२०७९’ लेखिएको छ।

प्रकाशित: Oct 06, 2023| 16:01 शुक्रबार, असोज १९, २०८०
प्रतिक्रिया दिनुहोस्