मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चरम आर्थिक संकट आइसकेको भन्नु बाहिरी हल्ला मात्रैः अर्थमन्त्री महत

चरम आर्थिक संकट आइसकेको भन्नु बाहिरी हल्ला मात्रैः अर्थमन्त्री महत

अर्थतन्त्रको जग बलियो नहुँदा अर्थतन्त्रमा समस्या आएको अर्थमन्त्री महतको स्वीकारोक्ति।
 |  शुक्रबार, असोज १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १९, २०८०

काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले  बाहिर हल्ला गरिएजस्तो आर्थिक संकट चरम अवस्थामा नपुगेको दाबी गरेका छन्। केही हदसम्म समस्या भए पनि बाहिर देखिएजस्तो आर्थिक संकट नभएको उनले बताएका हुन्। 

National life

आज चितवन पुगेका मन्त्री महतले पत्रकारसँगको छलफलमा अर्थतन्त्रले बाटो नछाडेको बताए। निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा भुक्तानी गर्न बाँकी रकम दसैंअघि उपलब्ध गराइने उनको भनाइ छ। 

सम्बन्धित मन्त्रालयलाई भुक्तानीको दायित्व माग गरिएको र त्यो आइसकेपछि दसैँ अगाडि नै भुक्तानी हुने उनले बताए। ‘असार मसान्तसम्म ६० देखि ७० अर्ब तिरिसकेका छौं। अब ६ देखि ७ अर्ब जति बाँकी होला, त्यो भुक्तानी हुन्छ,’उनले भने। 

पहिला राष्ट्र बैंकले सहज रुपमा ऋण प्रवाह गर्दा त्यसको सही सदुपयोग नहुँदा समस्या आएको मन्त्री महतको भनाइ छ। ‘सहज रुपमा ऋण पाउँदा त्यसलाई उत्पादनशील क्षेत्रमा कहाँ परिणाम आउँछ, कहाँ आउँदैन नहेरी लगानी भयो। त्यसको असर अहिले देखियो’, उनले थपे।

अहिले मौद्रिक नीति खुकुलो नभएकाले ब्याजदर पनि बढेको उत्पादन पनि नहुँदा केही व्यवसायीलाई समस्या परेको उनले औंल्याए। सरकार अहिले अर्थतन्त्रको जग बनाउन लागिपरेको उनको भनाइ छ। अर्थतन्त्रको जग बलियो नभएका कारण केही समस्या आएको उनले बताए। 
 

प्रकाशित: Oct 06, 2023| 16:35 शुक्रबार, असोज १९, २०८०
प्रतिक्रिया दिनुहोस्