कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीसँग जुझ्नका लागि अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले देशको अहिलेसम्मकै ठूलो २० खर्ब डलर बराबरको आर्थिक प्याकेज ल्याउने कानुनमा शनिबार हस्ताक्षर गरेका छन्।
भारतमा कोरोना भाइरसको संक्रमण रोक्न सरकारले मुलुकभर २१ दिनको लकडाउन घोषणा गरेको छ। अति आवश्यक कामबाहेक अन्य कुनै कामका लागि घर बाहिर निस्कने अनुमति छैन ।
अमेरिकामा कोरोनाका संक्रमितको संख्या विश्वका अन्य देशको तुलनामा सबैभन्दा बढी भएको छ। अमेरिकामा संक्रमितको संख्या एक लाख नाघेको छ। इटाली र स्पेनमा कहर मच्चाइरहेको कोरोना पछिल्लो समय अमेरिकामा तिव्र रुपमा...