सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • भेनेजुएलामा जेलमा खाना ल्याउन नदिएपछि दंगा, ४६ जनाको मृत्यु

भेनेजुएलामा जेलमा खाना ल्याउन नदिएपछि दंगा, ४६ जनाको मृत्यु

भेनेजुएलाको एक कारागारमा कारागारमा कोरोना भाइरस सर्छ भन्दै बाहिरबाट खाना ल्याउन बन्द गरेपछि भएको दंगामा ४६ जनाको मृत्यु भएको छ ।
 |  आइतबार, वैशाख २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०७७

भेनेजुएला- भेनेजुएलाको एक कारागारमा कोरोना भाइरस सर्छ भन्दै बाहिरबाट खाना ल्याउन बन्द गरेपछि भएको दंगामा ४६ जनाको मृत्यु भएको छ ।

National life

पोर्तुगिसा राज्यस्थित कारागारमा भएको दंगामा अन्य ६० जना घाइते भएका छन् ।

कैदीहरु कारागारबाट भाग्न खोज्दा हुल्दंगा भएको मन्त्री आइरिस भरेलालाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ । यस क्रममा कारागारका निर्देशक समेत गोली लागेर घाइते भएका छन् ।

कैदीहरुलाई आफन्त र परिवारले लगेको खाना नदिएपछि यस्तो अवस्था उत्पन्न भएको बीबीसीले लेखेको छ । भेनेजुएला सरकारले कोरोना भाइरस संक्रमणको त्रासका कारण कैदीहरुलाई खाना दिन प्रतिबन्ध लगाएको छ ।

भेनेजुएलामा ३ सय ३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । तीमध्ये १० जनाको मृत्यु भइसकेको छ ।

जेलमा भने संक्रमण फैलन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको थियो । भेनेजुएलामा ५ सय जेल छन् । जहाँ १ लाख १० हजार कैदीहरु छन् ।

कैदीको तुलनामा जेल थोरै भएको र भीड हटाउनुपर्ने भन्दै मानवअधिकारकर्मीहरुले पटक पटक माग गर्दै आएका थिए ।

प्रकाशित: May 03, 2020| 06:40 आइतबार, वैशाख २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।