शनिबार, फागुन ३०, २०८२

लकडाउन खोल्न बन्दुकसहित प्रदर्शन

बन्दुक बोकेका केही प्रदर्शनकारीहरूले अमेरिकी मिसिगन राज्यको मुख्य सरकारी कार्यालय भवनमा प्रवेश गरी डेमोक्र्याटिक गभर्नरलाई कोरोनाभाइरसका कारण जारी गरिएको लकडाउन तत्काल हटाउन माग गरेका छन् । त्यहाँ उपस्थित कतिपय सांसदले बुलेटप्रुफ भेष्ट समेत लगाएका थिए ।
 |  शुक्रबार, वैशाख १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०७७

बन्दुक बोकेका केही प्रदर्शनकारीहरूले अमेरिकी मिसिगन राज्यको मुख्य सरकारी कार्यालय भवनमा प्रवेश गरी डेमोक्र्याटिक गभर्नरलाई कोरोनाभाइरसका कारण जारी गरिएको लकडाउन तत्काल हटाउन माग गरेका छन् । त्यहाँ उपस्थित कतिपय सांसदले बुलेटप्रुफ भेष्ट समेत लगाएका थिए ।

National life

ल्यानसिंगको सरकारी भवनको लबीमा प्रवेश गरेका दर्जनौं प्रदर्शनकारी हाउस चेम्बर भित्र प्रवेश गर्न पाउनुपर्ने भन्दै नाराजुलुस गरेका थिए ।

मास्क लगाएका राज्य प्रहरीले उनीहरुलाई भित्र प्रवेश गर्न रोकेका थिए । प्रदर्शनमा भाग लिएका कुनै पनि प्रदर्शनकारीले मास्क लगाएका थिएनन् ।

“राइफल बोकेका मान्छेहरू मेरै छेउमा आइपुगे,” सिनेटर डायना पोलेहान्कीले ट्वीटमा भनेका छन्। ट्वीटमा उनले सार्वजनिक गरेको तस्वीरमा चार जना पुरुष देखाइएको छ जसमध्ये कम्तीमा एक जनासँग हतियार रहेको छ । “बुलेटप्रुफ भेस्ट भएका मेरा केही सहकर्मीहरूले त्यो रक्षाकवच लगाउनु भएको छ,” उनले भने।

प्लेकार्ड सहित संसद भवन बाहिर भेला भएका धेरै प्रदर्शनकारीले गभर्नर ग्रेचेन ह्विटरको तुलना एडोल्फ हिटलरसँग गरेका थिए ।

Laxmi sunrise bank
kumari

अमेरिकी प्याट्रियट जुलुस भनिएको उक्त प्रदर्शनलाई मिसिगन युनाइटेड लिबर्टी भन्ने समूहले आयोजना गरेको थियो । यो समूहमा ८ हजार ८०० भन्दा बढी व्यक्ति सदस्य रहेका छन् ।

यसै महिना लकडाउन हटाउन गरिएको यो दोस्रो प्रदर्शन हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसका कारण मिसिगन राज्यमा मात्र तीन हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

गत अप्रिल १६ मा पनि करिब तीन हजार व्यक्तिले ल्यानसिंगमा प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण राजधानीमा केही समय ट्राफिक जाम भएको थियो ।

एक दिन पछि राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीको समर्थन गर्दै “लिबरेट मिसिगन” भन्दै ट्वीट गरेका थिए।
रासस

प्रकाशित: May 01, 2020| 15:11 शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।