चीनको मध्य प्रान्त हुबेमा शुक्रबार थप कोही व्यक्तिमा कोरोना भाइरस संक्रमण नदेखिएको प्रान्तीय स्वास्थ्य निकायले जनाएको छ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत डिसेम्बरको अन्त्यबाट पहिलो पटक कोरोना भाइरसको सक्रमण देखिएको थियो।
यसैलगत्तै विश्वका कैयौं देशमा फैलिएको कोरोना भाइरसको संक्रमण हाल विश्वभर देखिएको छ। विश्वभर शनिबार अपराह्नसम्म ३४ लाख २ हजार २४० संक्रमित भएका छन्। संक्रमणको कारण विश्वभरी २ लाख ३९ हजार ६२७ जनाको मृत्यु भइसकेको छ।
यस भाइरसबाट संयुक्त राज्य अमेरिका सबभन्दा बढी प्रभावित भएको छ। यहाँ ११ लाख ३१ हजार ४९२ संक्रमित भएका छन् भने ६५ हजार ७७६ जनाको मृत्यु भएको छ।
स्पेनमा २ लाख ४२ हजार ९८८ संक्रमित भएका छन् भने २४ हजार ८२४ जनाको मृत्यु भएको छ। यसैगरी विश्वका शक्तिशाली देशहरु इटाली, बेलायत , फ्रान्स, जर्मनी, टर्की रुस यस भाइरसबाट अत्यन्त प्रभावित भएका छन्।