बुधबार, साउन १३, २०८३

हप्तौंपछि रक्सी पसल खुल्दा लाठीचार्ज

भारतका केही सहरमा लकडाउन खुकुलो हुनुका साथै रक्सी पसलहरु सोमबारदेखि खुल्न थालेका छन्।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

भारतका केही सहरमा लकडाउन खुकुलो हुनुका साथै रक्सी पसलहरु सोमबारदेखि खुल्न थालेका छन्।

लामो समयदेखिको लकडाउनपछि रक्सी पसल खुल्न थाल्दा सयौंको संख्यामा उपभोक्ताको भिड लागेको छ। दूरी कायम गराउन प्रहरीले लाठी चार्जसमेत गर्नु परेको छ।

दिल्ली राज्य सरकारले लकडाउन खुकुलो गर्दै ग्रीन जोनमा रहेका स्थानहरु खुला गरेपछि मदिरा पसलमा मानिसहरुको लामो लाइन लागेको हो। बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म मदिरा पसल खोल्ने निर्णय सरकारले गरेको थियो।

दिल्लीको देशबन्धु गुप्ता रोडमा बिहान मदिराको पसल खुलेलगत्तै झन्डै एक किलोमिटर लामो लाइन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दिल्लीकै कश्मिरी गेटमा रहेको मदिरा पसलमा पनि सामाजिक दूरीको नियम उल्लंघन भएको थियो। प्रहरीले मानिसको भीड लागेपछि हटाउन लठीचार्ज गर्नुपरेको थियो।

छत्तिसगढ, कर्नाटक र आन्ध्र प्रदेशमा पनि मदिरा पसल अगाडि मानिसको भीड लागेको थियो।

प्रकाशित: May 04, 2020| 14:38 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।