शनिबार, फागुन ३०, २०८२

कोरोना : औषधि परीक्षणले जगायाे विश्वभर आशा

आर्थिक विशृंखलता निम्त्याएको कोरोना भाइरसको औषधिले परीक्षणका क्रममा धेरै राम्रो काम गरेपछि सर्वत्र खुसियाली छाएको छ।
 |  बिहीबार, वैशाख १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १८, २०७७

वासिङ्टन – अमेरिकी वैज्ञानिकहरुले महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरस रोकथामका लागि पछिल्लोपटक प्रयोगमा ल्याइएको औषधि निकै प्रभावकारी रहेको बताएका छन्।

National life

विश्वभर संक्रमितको संख्या बढ्दै गएको र आर्थिक विशृंखलता निम्त्याएको कोरोना भाइरसको औषधिले परीक्षणका क्रममा धेरै राम्रो काम गरेपछि सर्वत्र खुसियाली छाएको छ।

औषधिको परीक्षण निकै सफल भएको खबर सार्वजनिक भएसँगै त्यसको सकारात्मक असर वालस्ट्रिटसहित विश्वको सेयर बजारमा देखिएको छ।

अमेरिकामा एक दशकयताकै सबैभन्दा खराब आर्थिक स्थिति देखिए पनि वालस्ट्रिटमा सकारात्मक प्रभाव देखिएको छ। अर्कातर्फ जर्मनीको पनि दोस्रो विश्वयुद्धपछि पहिलोपटक अर्थव्यवस्था सबैभन्दा कमजोर अवस्थामा पुगेको छ।

कोरोना भाइरसका कारण विश्वभर २ लाख २८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

Laxmi sunrise bank
kumari

रेमडेसिभर नामको औषधिको क्लिनिकल परीक्षणले मानिसको निको हुने दर करिब ३० प्रतिशतले बढेको देखाएको छ।हालसम्म यो औषधि नै नयाँ कोरोना भाइरसको उपचारमा सबैभन्दा सफल मानिएको छ।

अमेरिकी इपिडिमियोलोजिस्ट डा. एन्थोनी फचीले संवाददाताहरुसँग रेमडेसिभर औषधिको प्रभाव र असर निकै उत्साहप्रद रहेको बताए। यो औषधि इबोला भाइरसका बिरामीका लागि भने असफल देखिएको थियो।

यही औषधि चीनको उहानका बिरामीमा परीक्षण गर्दा पनि त्यति सफल मानिएको थिएन।

पछिल्ला विवरण अनुसार विश्वभर कोरोनाभाइरसबाट ३२ लाख ३२ हजार मानिस संक्रमित भएका छन् भने २ लाख २८ हजारभन्दा बढीको मृत्यु भएको छ। एएफपी/रासस

प्रकाशित: Apr 30, 2020| 18:18 बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।