शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानी संसदका सभामुखलाई कोरोना संक्रमण, प्रधानमन्त्रीको पनि परीक्षण गरिँदै

पाकिस्तानी संसदका सभामुखलाई कोरोना संक्रमण, प्रधानमन्त्रीको पनि परीक्षण गरिँदै

पाकिस्तानी संसदका सभामुख (स्पिकर) असद कैसरलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ।
 |  शुक्रबार, वैशाख १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १९, २०७७

पाकिस्तानी संसदका सभामुख (स्पिकर) असद कैसरलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ।

National life

बीबीसीका अनुसार उनले यसको जानकारी आफैं दिएका छन्। ट्विट गर्दै उनले आफूलाई कोरोना भाइरस संक्रमण देखिएको र घरमा क्वारेन्टाइनमा रहेको जनाएका छन्। उनले सबैलाई सतर्क हुन पनि अनुरोध गरेका छन् ।

कैसरले एक साताअघि मात्रै पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई भेटेका थिए।

अब खानको पनि कोरोना भाइरस परीक्षण हुने अनुमान गरिएको छ।

पाकिस्तानमा अहिलेसम्म १६ हजारभन्दा बढीलाई संक्रमण भइसकेको छ भने करिब ४ हजार निको भएका छन्। त्यसैगरी ३६१ जनाको मृत्यु भएको छ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: May 01, 2020| 06:34 शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।