मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • विश्वकै प्रतिष्ठित पुलित्जर पुरस्कारबाट भारतका तीन फोटो पत्रकार पुरस्कृत

विश्वकै प्रतिष्ठित पुलित्जर पुरस्कारबाट भारतका तीन फोटो पत्रकार पुरस्कृत

पत्रकारिता विधामा १५ र पुस्तक, नाटक तथा संगीत विधामा ७ जना पुरस्कृत भएका छन्।
 |  मंगलबार, वैशाख २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०७७

काठमाडौं– विश्वकै प्रतिष्ठित पुलित्जर पुरस्कारबाट भारतका तीन फोटो पत्रकार पुरस्कृत भएका छन्।

गत वर्ष कस्मिरमा भएको आन्दोलनको क्रममा खिचिएका फोटोको लागि फोटो पत्रकार यासीन डार, मुख्तार खान र चन्नी आनन्दलाई पुरस्कृत गरिएको हो।

तीनै जनाले अमेरिकी समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी) का लागि भारतबाट काम गर्छन।

गत वर्ष अगस्टमा भारत सरकारले जम्मू–कश्मीरको विशेषाधिकारसँग सम्बन्धित संविधानको धारा ३७० खारेज गर्ने निर्णय गरेपछि कश्मीरमा आन्दोलन चर्किएको थियो।

तस्बिर : चन्‍नी आनन्द ।

यो वर्ष पत्रकारिता विधामा १५ र पुस्तक, नाटक तथा संगीत विधामा ७ जना पुरस्कृत भएका छन्।

अन्तर्राष्ट्रिय रिपोर्टिङका लागि न्युयोर्क टाइम्स, पब्लिक सर्भिसका लागि एन्करेज डेली न्यूज, ब्रेकिङ न्यूजमा रोयटर्स, सम्पादकीय लेखनका लागि द हेराल्ड पुरस्कृत भएका छन्।

त्यसैगरी, ‘द न्यु योर्कर’, ‘द वासिंगटन पोस्ट’, ‘द लस एन्जलस टाइम्स’, ‘द बाल्टिमोर सन’ले पनि पुरस्कार जितेका छन्।

त्यस्तै, अमेरिकी लेखक कोल्सन ह्वाइटेड फिक्सनतर्फ दोस्रोपटक पुलित्जर पुरस्कार जितेका छन्।

फ्लोरिडाको बालसुधार विद्यालयमा अश्वेत बालकमाथि हुने गरेको दुव्र्यवहारबारे लेखिएको ‘निकल बोइज’का लागि उनलाई पुरस्कार दिइएको हो।

तस्बिर : मुख्तार खान ।

 

 

प्रकाशित: May 05, 2020| 13:48 मंगलबार, वैशाख २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।