सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • कोरोनाबाट दैनिक सयौंको मृत्यु हुँदा पनि ब्राजिलका राष्ट्रपति भन्छन्– के भयो त ?

कोरोनाबाट दैनिक सयौंको मृत्यु हुँदा पनि ब्राजिलका राष्ट्रपति भन्छन्– के भयो त ?

ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट दैनिक ५ देखि ५ सय जनाको मृत्यु भइरहेको छ। यस्तो स्थितिमा पनि ब्राजिलका राष्ट्रपति जैर बोलसोनारो भने ‘बिन्दास’ छन्। मृत्युको तथ्यांकलाई उपेक्षा गर्दै उनी भन्छन्– के भयो त ?
 |  बुधबार, वैशाख २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २४, २०७७

ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट दैनिक ५ देखि ५ सय जनाको मृत्यु भइरहेको छ। यस्तो स्थितिमा पनि ब्राजिलका राष्ट्रपति जैर बोलसोनारो भने ‘बिन्दास’ छन्।

National life

मृत्युको तथ्यांकलाई उपेक्षा गर्दै उनी भन्छन्– के भयो त ?

बोलसोनारोले लगातार कोरोना भाइरसको खतरालाई इन्कार गर्दै आएका छन्। यसका कारण उनको चर्को आलोचना भइरहेको छ।

लण्डनस्थित इम्पेरियल कलेजका अनुसार ब्राजिलमा कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको छ।

ब्राजिलमा कोरोनाबाट मर्नेको संख्या ५ हजार नाघेपछि हिजो मंगलबार त्यहाँका एक पत्रकारले राष्ट्रपतिलाई प्रश्न गरेका थिए। जवाफमा उनले भने, ‘मरेर के भयो त ? मलाई थाहा छैन तपाईं मबाट कस्तो उत्तरको अपेक्षा गर्नुहुन्छ । म कुनै चमत्कार गर्न सक्दिन।’

इम्पेरियल कलेज लण्डनको अध्ययनअनुसार ब्राजिलमा कोरोनाको फैलावट दर २.८ छ। यो दर तुलनात्मक अध्ययनमा समावेश ४८ वटा देशमध्ये सबैभन्दा बढी हो।

बीबीसी

प्रकाशित: May 06, 2020| 08:59 बुधबार, वैशाख २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।