शनिबार, फागुन ३०, २०८२

कोरोना भाइरसबाट नाइजरमा मन्त्रीको निधन

कोरोना भाइरसका कारण अफ्रिकी मुलुक नाइजरका श्रम तथा रोजगार मन्त्री मोहमद बेन ओमारको निधन भएको सरकारी टेलिभिजनले घोषणा गरेको छ ।
 |  मंगलबार, वैशाख २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०७७

कोरोना भाइरसका कारण अफ्रिकी मुलुक नाइजरका श्रम तथा रोजगार मन्त्री मोहमद बेन ओमारको निधन भएको सरकारी टेलिभिजनले घोषणा गरेको छ ।

National life

सत्तारुढ सोसल डेमोक्र्याटिक पार्टी (पिएसडीं) ले राजधानी नियामेमा उपचारकै क्रममा ५५ वर्षीय बेन ओमारको आइतबार निधन भएको जनाएको छ ।

मन्त्री बेन ओमारको निधन भएको समाचार प्रशारण गर्नुअघि टेलिभिजनले मन्त्री बेन ओमारले कोरोनाभाइरसका बारेमा व्यक्त गरेको सन्देशहरु प्रशारण गरेको थियो । सन्देशमा मन्त्री ओमारले कोरोनाभाइरस निकै खतरनाक र घातक रहेको तथा यो प्रकाशको गतिमा तिब्र रुपमा फैलिने स्वभावको रहेको बताएका थिए।

नाइजरका राष्ट्रपति मोहमदु इसोफुले बेन ओमारको निधनबाट आफू अत्यन्त दुखित भएको बताएका छन्।

नाइजरमा हालसम्म ७५५ जनामा कोराना संक्रमण हुनुका साथै ३७ जनाको मृत्यु भएको छ । नाइजरमा हाल आपतकालीन स्थितिको घोषणा गर्नुका साथै यसका सीमा, धार्मिक स्थल तथा विद्यालयहरु सबै बन्द गरिएका छन् । साथै राजधानी नियामेलाई देशका अन्य भागबाट अलग्याइएको छ ।

Laxmi sunrise bank
kumari

रासस

प्रकाशित: May 05, 2020| 19:25 मंगलबार, वैशाख २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।